arthik abhiyan
ad banner

तथ्यांकोवाच : इरेजर उद्योगमा विद्यमान सम्भावना

Jun 23, 2019
अंक समाचार
Image Not Found
author avatar आर्थिक अभियान
काठमाडौं (अस) । विगत १० वर्षमा इरेजरको आयात वार्षिक सरदर २० प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षमा मात्रै इरेजरको आयात रू. ४ करोड ४६ लाखजति पुगेको छ । विश्वमा करीब १६ करोड अमेरिकी डलर बराबरको रबरको इरेजरको आयात व्यापार हुने गरेको छ । विश्वमै इरेजरका प्रमुख आयातकर्ताहरूमा रूस, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, मेक्सिको र पाकिस्तान रहेका छन् । इरेजर निर्यातकर्ता देशमा चीन प्रमुख रहेको छ । इरेजर निर्यातमा चीनको हिस्सा ७२ प्रतिशत छ ।

नेपालमा पनि इरेजरको आयात बढ्दो भएकाले इरेजर उद्योगको सम्भावना उज्ज्वल देखिन्छ । वार्षिक रू. ४ करोडभन्दा बढी कारोबार हुने क्षेत्र औद्योगिकीकरणमा भर्खर बाम सर्न लागेको नेपालजस्तो मुलुकका लागि राम्रै सम्भावना भएको क्षेत्र मानिन्छ । त्यसैले कच्चा पदार्थ आयातमा सहजता र भन्सार छूट, उद्योगलाई करमुक्त क्षेत्र घोषणा, आयातीत इरेजरमा यथोचित भन्सार दर र चोरी पैठारी नियन्त्रण गर्नसक्ने हो भने यस्तो उद्योगको विकास गरी छोटो समयमै मुलुकलाई इरेजरमा आत्मनिर्भर बनाउन सकिन्छ । गुणस्तरीय इरेजर उत्पादन गर्न सकेको खण्डमा निर्यात गर्न सकिने आकर्षक बजारहरू पनि उपलब्ध छन् ।
प्रतिक्रिया दिनुहोस्