arthik abhiyan
ad banner

फोटो फिचर : १६ औं धान दिवसका क्रियाकलापहरु

Jun 30, 2019
फोटो फिचर
Image Not Found
author avatar Narahari Acharya
असार १४,काठमाडौं (अस) असार १५ अर्थात् धान दिवस अझ भन्ने हो भने दही चिउरा खाने दिन । ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नारासहित १६ औं धान दिवसका अवसरमा मुलुकका विभिन्न भागमा धान रोपेर धान दिवस मनाइयो । धान दिवसका अवसरमा कतै आधुनिक प्रविधिको प्रयोग गरेर धान रोपियो भने कतै खनेर र बाउसे गरेर भएपनि धान रोपियो । सोही अवसर पारेर सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री पठान सिंह बोहरा सहितका सहभागी बाजागाजा सहित धान रोप्ने कार्यक्रममा गएका थिए । उनले कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बञ्जरियामा आधुनिक यन्त्रद्वारा धान पनि रोपेका थिए । त्यसैगरी राष्ट्रिय धान दिवसकै अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कञ्जुवारमा भएको धान रोपाइँ महोत्सवमा धान रोप्दै उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे । उसो त दिपायलमा भने भएन धान रोपाइँ । किन कि देशभर धान रोपाइँ दिवस मनाइरहेका बेलामा पानी नपर्दा डोटीको दिपायलमा धानको बिउसमेत कृषकले राख्न पाएका छैनन् । असारको मध्यसमय वित्न लाग्दा पनि पानी नपरेर खेत बाँझै छन् । उता पोखरामा भने पोखरा पर्यटन परिषद्को आयोजना एवं नमूना कृषि गाउँ महतगौंडा–दोविल्लाको सह–आयोजनामा पोखरा १७ मा असारे रोपाइँ महोत्सवका अवसरमा परम्परागत स्याखु बोकेर रमाउँदै थिए विदेशी पर्यटकहरु । आर्थिक अभियानका फोटोग्राफर मोनिका मल्ल भक्तपुर जाँदा धान दिवसका अवसरमा कोहि धान रोप्दै गरेको सेल्फि लिन व्यस्त थिए भने कोहि त हिलो छ्याप छ्याप गर्दै थिए । केहि महिला तस्वीर खिच्दै गर्दा हाँसिरहेका थिए । त्यस्तै केहि  महिलाहरु भने असारे भाकामा गित गाउँदै धान रोप्न व्यस्त थिए । तस्वीरहरु: रासस तथा मोनिका मल्ल /आर्थिक अभियान हेर्नुहोस तस्वीरहरु :
प्रतिक्रिया दिनुहोस्