arthik abhiyan
ad banner

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यसरी मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

Jun 30, 2019
फोटो फिचर
Image Not Found
author avatar रामचन्द्र काफ्ले

असार १५, काठमाडौं (अस) । आइतवार देशका अधिकांश धान रोप्ने खेतमा उत्सव मनाइयो । असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेसँगै खेतमै औपचारिक कार्यक्रमहरु पनि आयोजना हुन थालेका छन् । तर धान दिवस घोषणा हुनुभन्दा अघिदेखि नै हरेक वर्ष किसानहरुले असार १५ लाई रोपाईं गरी दही चिउरा खाने दिनको रुपमा विशेष महत्वका साथ मनाउँदै आएका छन् ।

बढ्दो शहरीकरणसँगै खेतियोग्य जमिन मासिदै गएको छ । आधुनिक शहरको विकाससँगै धान खेत देख्नै नपाइने हो की ! भन्ने चिन्ता धेरैमा छ । खेतियोग्य जमिनको संरक्षण र देशको कृषि उत्पादनको वृद्धिका लागि कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिइए पनि व्यावहारिक रुपमा भने यो हुन सकिरहेको छैन ।

पछिल्लो समय असार १५ विशेष पर्वको रुपमा विकास हुँदै गएको छ । धान दिवस घोषणा भएपछि वर्षमा एक दिन मात्रै भए पनि कतिपयले खेतमा पाइला टेक्ने गरेका छन् । यस दिन धान रोप्न तयार पारिएको खेतमा हिलो छ्यापाछ्याप गर्ने, सेल्फी र फोटो खिच्ने, नाचगान गर्ने लगायतका गतिविधि देख्न पाइन्छ । सामाजिक सञ्जालमा राख्नकै लागि भए पनि यस्ता गतिविधिमा मानिसको सहभागिता बढ्दो छ ।

आइतवार काठमाडौं उपत्यका र यस आसपासका खेतहरुमा पनि हर्षोल्लासका साथ हिलोमा रमाउदै गरेका कृषक, स्थानीयवासीका साथै विदेशीहरु समेत देखिए । हाम्रा आर्थिक अभियानकर्मी फोटो पत्रकारहरुले काठमाडौंका विभिन्न भागमा पुगेर केही तस्वीरहरु कैद गरेर ल्याएका छन् ।

आइतवार भक्तपुरको ईटाखेलमा धान रोप्दै गरेका स्थानीय (२ तस्वीर)

भक्तपुर नगरपालिका–९ जगातीमा स्थानीयवासी र कलाकार तथा विदेशी नागरिक धान दिवस मनाउँदै (३ तस्वीर)

ललितपुर धापाखेलस्थित बाली विज्ञान महाशाखामा धान दिवसको अवसरमा रमाइलो गर्दै स्थानीयवासी र बालबालिका (४ तस्वीर)

काठमाडौंको तारकेश्वर नगरपालिकाको जरंखुमा हाते ट्याक्टरबाट रोपाईं गर्दै कृषक (१ तस्वीर)

तस्वीरहरु : मोनिका मल्ल/प्रदीप कुमार श्रेष्ठ/रवि महर्जन/प्रकाश केसी
प्रतिक्रिया दिनुहोस्