arthik abhiyan
ad banner

नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन

Jul 1, 2019
अंक समाचार लगानी
Image Not Found
author avatar Kishwor Bam
काठमाडौं । नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुने भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन) र अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएफई को संयुक्त आयोजनामा असार १७ र १८ गते काठमाडौंमा उक्त सम्मेलन हुने भएको हो । होटल याक एन्ड यतिमा २ दिनसम्म चल्ने सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने जानकारी बोर्डले गराएको छ । उद्घाटन सत्र अवधिभर सञ्चारकर्मीलाई उपस्थित गराइने भए पनि अन्य अवधिमा बाहिर सञ्चार डेक्स मार्फत सूचना प्रवाहको व्यवस्था मिलाइने बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताएका छन् । प्रमुख वक्ताका रूपमा अर्थमन्त्री खतिवडाले सम्बोधन गर्ने उक्त सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन र भारत लगायत देशका साथै सम्बद्ध अन्य संस्थाको पनि सहभागिता रहनेछ । यसका साथै प्रतिष्ठित अन्तरराष्ट्रिय संस्थाहरू, पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरूका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताका अन्तरराष्ट्रिय विज्ञहरूको सहभागिता सहित अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी राजिस्ट्रारको कार्यालय, बैंकर एशोसिएशन, नेप्से, लगानीकर्ता सघंहरूको प्रतिनिधि गरी कुल १२५ जना सहभागी हुने बोर्डले जानकारी दिएको छ । यस अन्तरराष्ट्रिय सम्मेलनलाई वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्र सञ्चालन हुने गरी बृहत् र वित्तीय साक्षरता सम्बन्धमा विशेष छलफल सहितको राउन्डटेबल गर दुई भागमा विभाजन गरिएको छ । सम्मेलनमा भएका छलफलले वित्तीय साक्षरता र वित्तीय शिक्षा सम्बन्धी नीति निर्माणका साथै वित्तीय शिक्षा लिनेदिने अभ्यासलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा बोर्डले गरेको छ । साथै, सम्मेलनबाट नेपाल सहित यस क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरूबारे छलफल गरी समाधान पहिल्याउने अवसर मिल्ने आशा बोर्डको रहेको छ । नेपालले विश्वभरि नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित ओईसीडी अन्तर्गतको आईएनएफईको पूर्ण सदस्ता प्राप्त गरिसकेको छ । ओईसीडी एक अन्तरराष्ट्रिय संस्था हो । यसको मुख्य उद्देश्य समृद्ध, समानता र अवसरहरूको निर्माणमा सहयोग पु¥याउनु हो । विश्व अर्थतन्त्रको सुनौलो भविष्य निर्माणका लागि यो संस्था विगत ६० वर्षदेखि क्रियाशील छ ।
बोर्डद्वारा रू. १०० दरको सिक्का लोकार्पण  नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको रजत जयन्तीको उपलक्ष्यमा रू. १०० दरको रजत जयन्ती स्मारिका सिक्का लोकार्पण गरेको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आइतवार एक कार्यक्रमका बीच सिक्काको लोकार्पण गरेका हुन् । बोर्डको अनुरोधमा नेपाल सरकारको स्वीकृतिपश्चात् नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले उक्त सिक्का निष्कासन गरेको हो । उक्त सिक्का २९ मीमी डायमीटरको ८ दशमलव ५ ग्राम तौल भएको कुप्रो निकेल धातुको रहेको बोर्डले जानकारी दिएको छ । रजत जयन्तीको उपलक्ष्यमा बोर्डले रजत जयन्ती लोगो अंकित हुलाक टिकट र रजत जयन्ती स्मारिका सिक्का प्रकाशन गर्ने कार्यक्रम अनुरूप बोर्डले यसअघि हुलाक टिकट प्रकाशन गरिसकेको छ । निकट भविष्यमा रू. २ हजार ५०० को सिक्का समेत निकाल्ने योजना रहेको बोर्डले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्