arthik abhiyan
ad banner

तथ्यांकोवाच : मेथी खेतीमा विद्यमान सम्भावनाहरू

Jul 7, 2019
अंक समाचार मुख्य खबर
Image Not Found
author avatar आर्थिक अभियान
काठमाडौं (अस) । नेपालको हावापानीमा सजिलै उत्पादन गर्न सकिने मेथीको आयातमा वर्षेनि औसत ३४ प्रतिशतको बढिरहेको छ । गत आर्थिक वर्षमा मात्रै करीब रू. २० करोड बराबरको मेथी आयात भएको थियो । भारत मेथीको सबैभन्दा ठूलो उत्पादक र निर्यातक देश रहेको र भारतको जस्तै वातावरण भएको नेपालमा पनि मेथीमा आत्मनिर्भर हुँदै निर्यात गर्नसक्ने सम्भावना रहेको छ ।

यस परिस्थितिलाई दृष्टिगत गर्दै मुलुकमा मेथी उत्पादनको व्यावसायिक वातावरण बनाउन जति आवश्यक छ, त्यत्तिकै आवश्यक छ मेथीको गुणस्तर प्रमाणीकरण गरी अन्तरराष्ट्रिय बजारमा निर्यात गर्नु । यसका लागि एकातिर कृषकलाई अनुदान, प्रोत्साहन र प्राविधिक सहयोग गर्नु जरुरी छ भने अर्कोतर्फ मेथी खेती र व्यवसायलाई अनन्तकालीन करमुक्त क्षेत्र घोषणा गर्नु पनि आवश्यक छ । यसो गर्न सकेमा वार्षिक रू. २० करोडको आयात प्रतिस्थापन गर्नु केवल ६ महीनाको प्रयास नै पर्याप्त छ ।
प्रतिक्रिया दिनुहोस्