arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रम ओलीलाई राष्ट्रिय परिचयपत्र, दुई वर्षभित्र सबै नागरिकले पाउने ( फोटो फिचर )

Jul 9, 2019  
समाचार
Image Not Found
author avatar नरहरि आचार्य

असार २४, काठमाडौं(अस) । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक नेपाली नागरिकलाई एक अर्कासँग मेल नखाने राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य अनुरुप कार्य भइरहेको बताएको छ । सोही उद्देश्यअनुरूप कानूनी, प्राविधिक तथा भौतिक पूर्वाधार तयार गर्ने, राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अनुशिक्षण कार्यक्रम संचालन गर्ने लगायतका कार्यहरू अगाडी बढाइएको विभागले बताएको छ । नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिगत विवरणका साथै १० ओटा औंलाको छाप,परिचय नम्वर,तस्वीर,राष्ट्रियता,हस्ताक्षर र चिप्स रहेको हुन्छ । विभागले राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले व्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा,मतदाता परिचयपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा ,सामाजिक सुरक्षा कार्डका रूपमा,सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा प्रयोग गर्न सकिने बताएको छ । यसको प्रयोग पछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्ने सम्भव हुने छ । यसैवीच विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र मंगलवार हस्तान्तरण गरेको छ । प्रम निवासमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक दिपक काफ्लेले प्रम ओली तथा प्रमपत्नी राधिका शाक्यलाई हस्तान्तरण गरेका थिए । हेर्नुहोस तस्वीरहरु  :

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्