arthik abhiyan
ad banner

पढेको कसरी सम्झिने ?

Jul 18, 2019
शिक्षा शिक्षा
Image Not Found
काठमाडौं । कोही कोही मानिस सानैदेखि जे भेटे पनि पढ्ने, जतिबेला पनि पढ्ने स्वभावका हुन्छन् । तर धेरैजसो मानिसका लागि पढ्नु रुचिको विषय हुँदैन । आपूmभन्दा ठूलाले पढाइको महŒव सम्झाएर, नपढे भविष्यमा आइपर्ने समस्या देखाएर वा अनेक उपाय लगाएर पढ्न जोड दिने गर्दछन् । बाल्यावस्थामा विद्यालयमा साथीहरूसँग खेल्न पाइने तथा कुनै माया गर्ने शिक्षक–शिक्षिकाको माया पाइने लोभले पनि बालबालिका विद्यालय जान लालायित हुन्छन् । तर जब पाठ पढ्नुपर्ने र स्मरण गर्नुपर्ने अवस्था आउँछ, तब समस्या सृजना हुन्छ । जतिपटक पढ्दा पनि नसम्झिने, जसरी पढ्दा पनि नसम्झिने समस्याले साह्रै पिरोल्ने गर्छ । खानपिन, आरामका साथै केही विशेष विधि अपनाएर स्मरणशक्ति बढाउन सकिन्छ । दिमाग खाली गर्ने कुनै भाँडामा केही हाल्नु छ भने पहिले उक्त भाँडोलाई खाली गर्नुपर्दछ । मस्तिष्क पनि एक प्रकृतिको भाँडो नै हो । यसमा आपूmलाई आवश्यक चीजहरू राख्न (स्मरण गर्न) सबैभन्दा पहिले यसमा ठाउँ खाली राख्नु पर्दछ । हुन त मस्तिष्कमा कति कुरा अट्न सक्छ भन्ने यकिन तथ्य छैन । तर एउटा सत्य के हो भने कुनै पनि मानिसको मस्तिष्कको सबै क्षमता प्रयोग भएको हुँदैन । मस्तिष्कको कति क्षमता छ भन्ने कुरा व्यक्तिले त्यसलाई कति प्रयोग गरेको छ भन्नेमा फरक पर्दछ । जे होस् प्रत्येक व्यक्तिले आपूmले प्रयोग गरे जति मस्तिष्कमै पनि खाली ठाउँ निर्माण नगरी नयाँ कुरा राख्न सकिन्न । मस्तिष्क खाली गर्ने राम्रो उपाय भनेको योगाभ्यास र ध्यान हो । हरेक दिन बिहान आधा घण्टा योगाभ्यास र आधा घण्टा ध्यान गर्ने बानी बसाल्ने हो भने यसले स्मरण शक्ति बढाउन धेरै ठूलो मद्दत गर्दछ । योगाभ्यासले विकारयुक्त हावालाई निकाली प्राणवायुद्वारा शरीर साथै मस्तिष्कमा स्फुर्ती ल्याउँछ भने ध्यानले कुन कुरा मस्तिष्कमा राख्ने र कुन हटाउने भन्ने निर्णय आफ्नो हातमा ल्याइदिन्छ । त्यसैगरी यसले चाहेको विषयवस्तुमा ध्यान लगाउन मद्दत गर्दछ । खानपान जीवनको प्रमुख आधार खानपानसँग जोडिएको हुन्छ । एक अध्ययनका अनुसार मानिसमा आउने स्वास्थ्य समस्यामध्ये ८० प्रतिशत खानपानका कारण हुने गर्दछन् । आफ्नो वरपर उपलब्ध खानेकुरा मिलाएर खाने हो भने स्वस्थकर खानाका लागि थप खर्च गरिरहनु पनि पर्दैन । पर्याप्त पानी पिउने, खानामा सम्पूर्ण तŒवको मात्रा मिलाएर खाने, भोकै नबस्ने, कोचेर नखाने गर्ने हो भने सोहीअनुसार शरीरले सन्तुलित मात्रामा पाचनको प्रक्रिया सञ्चालन गर्न सक्छ । शरीरले सहज तरीकाले काम गर्न सकेको अवस्थामा मस्तिष्कमा पनि पर्याप्त पोषण पुग्छ ।
प्रतिक्रिया दिनुहोस्