arthik abhiyan
ad banner

चीनमा के गर्दै छ गूगल ?

Jul 22, 2019 
प्रविधि
Image Not Found

पछिल्लो समय चीनमा गुगलको गतिविधि चर्चाको विषय बनेको छ । गुगलले चिनियाँ सैन्य समूहसँग मिलेर काम गरिरहेको एक अमेरिकी अर्बपति लगानीकर्ता पिटर थियलले बताएपछि यो विषयमा बहस नै भएको छ । यसै सन्दर्भमा उनले यसबारे गुगलमाथि अनुसन्धान थाल्न अमेरिकी सरकारसँग आग्रह समेत गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो प्रशासनले त्यसका लागि उचित कदम चाल्ने बताएका छन् । चीनमा गुगलका व्यापारिक गतिविधि यस्ता छन् :

‘प्रोजेक्ट ड्र्यागनफ्लाई’
चीनले गुगलको यो उत्पादन आफ्नो मुलुकमा बन्द गरेको थियो । गतवर्ष पनि गुगलले यो उत्पादनको नयाँ एप चीनमा सार्वजनिक गरेको थियो । त्यसका लागि उसले चीनको आन्तरिक नियम पालना गर्न तयार रहेको बताएको थियो । चीनले सबै इन्टरनेट सेवा प्रदायकलाई निकै कडाइको नियम अघि सारेको छ । अहिले पनि चीनमा गुगलमा प्रतिबन्ध लगाइएको छ । चीनमा भच्र्युअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर मात्र गुगल चलाउन सकिन्छ ।

एआई रिसर्च 
गुगलले चिनियाँ गुप्तचर संस्थालाई कृत्रिम बौद्धिकता (एआई)को योजना उपलब्ध गराएको आरोप लाग्दै आएको छ । तर यस विषयमा आधिकारिक प्रमाण भने सार्वजनिक भएको छैन । अहिले चीनमा गुगलको एआईको कार्यक्रम भने चलिरहेको छ । उसले सन् २०१७ मा एआई रिसर्च सेन्टर पनि स्थापना गरेको थियो । आफ्नो वेबसाइटमा गुगलले चीनको एआई रिसर्च शिक्षा र प्राकृतिक भाषा बुझ्न प्रयोग गर्न सकिने बताएको छ । साथै उसले यसको प्रयोग विज्ञापनका लागि पनि यसको प्रयोग गर्न सकिने बताएको छ । यसले गुगललाई निकै ठूलो सहयोग पुग्न सक्ने बताइएको छ । 

क्लाउड कम्प्युटिङ 
प्रविधि कम्पनीहरू अलिबाबा र टेन्सेन्टले चीनको क्लाउड बजारमा ठूलो हिस्सा ओगटेका छन् । गुगल अहिले चीनमा आफ्नो क्लाउड उत्पादन चिनियाँ कम्पनीलाई विक्री गर्ने प्रयासमा छ । अहिले चीनमा कम्पनीले क्लाउड कम्प्युटिङ इन्जिनियर, डेटा म्यानेजर, व्यापार र व्यावसायिक विकासको भूमिका निर्वाह गर्न सक्ने मानिसको खोजी गरिरहेको छ । त्यसका लागि उसले पेइचिङ, शाङ्हाई र शेन्चेनजस्ता शहर रोजेको छ । 

हार्डवेयर 
गुगलले चीनमा स्मार्टफोन, स्मार्ट स्पिकर्स र थर्मोस्ट्याटजस्ता उत्पादनका लागि हार्डवेयर विक्री गर्ने गरेको छ, जसमध्ये केही चीनमै निर्माण पनि हुने गरेको छ । अहिले पनि गुगलले केही उत्पादनको परीक्षण गरिरहेको छ । तर, केही समयअघि गुगलले अमेरिकाको करबाट बच्न आप्mना केही उत्पादन अर्को मुलुकबाट थाल्ने तयारी गरेको समाचार सार्वजनिक भएको थियो । 

गुगल प्ले स्टोर
गुगल प्ले स्टोर अहिले चीनमा प्रतिबन्धित छ । त्यसैले गुगलले एप निर्मातासँग काम गरिरहेको छ । यसको सहयोगमा चिनियाँ उत्पादन अन्तरराष्ट्रिय बजारमा सार्वजनिक गर्ने दाउ गुगलको छ । साथै चीनको गेमिङ क्षेत्रमा पनि गुगलले काम गरिरहेको छ । 

विज्ञापन 
विज्ञापन गुगलको आम्दानीको महŒवपूर्ण पाटो हो । तर उसको सेवा चीनमा प्रतिबन्धित छ । त्यसैले गुगलले चीनमा विज्ञापनको व्यापार गर्न पाउँदैन । यस्तोमा गुगलले विज्ञापन विस्तारको केही बाटो खोजिरहेको छ, जसमध्ये गुगलको व्यवसायको उद्देश्य चिनियाँ कम्पनीलाई आफ्नो उत्पादन चीनभन्दा बाहिर प्रयोगका लागि प्रयास गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्