arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यक्तित्व र उद्यमशीलता विकासका लागि ‘बोस्टन फियस्ता’

Jul 25, 2019  
शिक्षा
NA

चितवन (अस) । भरतपुरको बोस्टन इन्टरनेशनल कलेजको व्यवस्थापन र विद्यार्थीहरूको आयोजनामा ‘बोस्टन फियस्ता २०७६’ हुने भएको छ । विद्यार्थीको व्यक्तित्व र उद्यमशीलता विकास गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको कलेजले बताएको छ । यही साउन १० देखि १२ गतेसम्म चल्ने फियस्तामा विभिन्न विभिन्न ३५ स्टल राखिने जानकारी दिइएको छ ।

विद्यार्थीलाई सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिन र अतिरिक्त क्रियाकलापमा संलग्न गराउन महोत्सव आयोजना गर्न लागिएको कलेजका एशोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले बताए । ‘यसबाट विद्यार्थीको व्यक्तित्व, नेतृत्व र उद्यमशीलताको विकास हुन्छ,’ उनले भने, ‘साथै कलेजलाई चिनाउन समेत सहयोग पुग्नेछ ।’ कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीले विभिन्न सामाजिक कार्य गरिरहेको उनले बताए । यसलाई थप प्रभावकारी बनाउन उक्त कार्यक्रमले टेवा पुग्ने उनको विश्वास छ ।

कार्यक्रम व्यवस्थापक सौरभ रिजालले उक्त कलेजमा अध्ययनरत विद्यार्थी र जिल्लाका अन्य १४ कलेजका विद्यार्थीबीच ज्ञान आदानप्रदान गर्ने उद्देश्यले फियस्ता आयोजना गरिएको बताए । उनका अनुसार कलेज परिसरभित्र ३५ ओटा स्टल रहनेछन्, जसमा १० ओटा खानाका सहित अन्य उद्यमशीलता, करीअर काउन्सिलिङ, सामाजिक कार्य लगायतका हुनेछन् । कलेजले विद्यार्थीलाई सक्रिय बनाउन १० ओटा क्लब गठन गर्ने तयारी पनि गरेको छ ।

यस्तै कार्यक्रमका संयोजक सुवास अर्यालले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै फियस्ता आयोजना गरिएको बताए । उनका अनुसार सांस्कृतिक कार्यक्रममा कलाकार प्रकाश सपुत, कमल खत्री, सिम्रन पाण्डे, सुगरिका केसी लगायतको प्रस्तुति रहनेछ । कार्यक्रम प्रवेशका लागि प्रतिव्यक्ति १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । यसलाई सम्पन्न गर्न २० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गरिने कलेजले बताएको छ । कलेजमा हाल स्नातक तहमा बीबीए, बीबीए बीआई, बीसीआईएस, एमबीएका कक्षा सञ्चालित छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्