arthik abhiyan
ad banner

अस्ट्रेलियन शैक्षिक मेला हुँदै 

Jul 25, 2019 
शिक्षा
NA

काठमाडौं (अस) । ग्लोबल रिचको आयोजनामा आगामी शनिवारदेखि राजधानीस्थित होटल डेला अन्नपूर्ण दरबारमार्गमा अस्ट्रेलियन एजुकेशन मेला हुने भएको छ । नेपालमा हुने गरेका अस्ट्रेलियन युनिभर्सिटी मेलामध्ये यसलाई विश्वसनीय मानिएको छ ।  

नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बुड्डले उद्घाटन गर्ने शैक्षिक मेलामा विश्वसूचीमा अग्रस्थानमा रहेका अस्ट्रेलियाका उत्कृष्ट ३५ विश्वविद्यालय सहभागी रहने बताइएको छ । अस्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीले शैक्षिक मेलामा सहभागी विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरी आपूmले अध्ययन गर्न चाहेको विषय तथा छात्रवृत्तिबारे जानकारी लिन पाउने पनि आयोजकले बताएको छ । विगतमा जस्तै यसपटक पनि ग्लोबल रिचले उपत्यका बाहिरका तीनओटा शहर पोखरा, चितवन र बुटवलमा अस्ट्रेलियन युनिभर्सिटी मेला आयोजना गर्दै छ । संस्थाका अनुसार आइतवार पोखराको सिटी स्क्वायर ब्यांक्वेट न्यूरोडमा, सोमवार चितवनको भरतपुर गार्डेन रिसोर्टमा र मंगलवार बुटवलस्थित ग्लोबल रिचको कार्यालयमा मेला सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्