arthik abhiyan
ad banner

पढाइसँगै गर्न सकिने ‘पार्ट टाइम जब’

Jul 25, 2019 
रोजगारी
Image Not Found

कलेज पढ्न शुरू गरेपछि पढाइसँगै विभिन्न शीर्षकमा खर्च बढ्न थाल्छ । यस्तो अवस्थामा हरेक कामका लागि अभिभावकसँग खर्च मागिरहन पनि अप्ठ्यारो लाग्छ । तपाईंको स्थिति पनि यस्तै छ भने खर्च जुटाउन पढाइसँगै पार्ट टाइम जब गर्न सक्नुहुन्छ । यस्तो किसिमको पार्ट टाइम जब छनोट गर्नुहोस्, जसले आफ्नो करीअर अगाडि बढाउन पनि सहयोग पुर्‍यायोस् ।  

कन्टेन्ट एडिटर
यो यस्तो जागीर हो, जुन सजिलै पाउन सकिन्छ । अहिले धेरै वेबसाइट खुलेका छन्, जहाँ तपाईं दिनमा २–४ घण्टा कपी एडिटिङ वा कन्टेन्ट राइटिङको काम गरेर राम्रो पैसा कमाउन सक्नुहुन्छ । यस्तो जागीर गर्न सम्बन्धित भाषाको राम्रो ज्ञान भने राम्रो हुनुपर्छ । 

अनलाइन रिसर्चर
यो जागीर गर्न तपाईंको रुचि रिसर्चमा हुनु एकदमै जरुरी छ किनकि, धेरैजसो मानिस यस्तो काम गर्न झन्झट मान्छन् । रिसर्च गर्ने तपाईंको शौख छ भने कर्पोरेट हाउस, मिडिया हाउसहरूमा असिस्टेन्टका रूपमा काम पाउन सकिन्छ । यो क्षेत्रको विशेषता के हो भने यसले तपाईंको नेटवर्किङ बढ्नुका साथै आम्दानी पनि राम्रो हुन्छ ।

गेस्ट सर्भिस को–अर्डिनेटर
यो कामका माग धेरैजसो टुरिजम क्षेत्र तथा ठूला समारोहमा आएका पाहुनाको व्यवस्थापन गर्ने कम्पनीहरूमा हुन्छ । यहाँ पाहुना तथा क्लाइन्टहरूसँग छलफल गर्ने तथा उनीहरूको समस्या सुल्झाउने जस्ता काम गर्नुपर्छ । यस्तो कामबाट तपाईंको आत्मविश्वास बढ्नुका साथै व्यक्तित्व विकास पनि हुन्छ ।

सोसल मिडिया असिस्टेन्ट
नयाँ मिडिया हाउसहरूमा यो पनि नयाँ जागीर हो । यहाँ तपाईंले कम्पनीको सोशल मिडिया अकाउन्ट सम्हाल्नुका साथै उनीहरूको कन्टेन्टको व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

अनलाइन कम्युनिकेशन एशोसिएट
अहिले अनलाइन कम्युनिटी म्यानेजमेन्टको क्षेत्र बढ्दै गएको छ । यसमा तपाईंले वेब कन्टेन्ट अपडेट गर्नुका साथै सोसल मिडियासम्म हेर्नुपर्छ । यसैगरी, कन्टेन्ट मिलाएर राम्रो समाचार बनाउनुपर्ने पनि हुन सक्छ । यस्तो जागीरबाट तपाईं राम्रो आम्दानी गर्न सक्नुहुन्छ । 

होम ट्युशन
विद्यार्थीका लागि होम ट्युशन पढाउनु आम्दानीको राम्रो स्रोत हो । आफ्नो अनुभव र दक्षताको विषय तपाईं विद्यार्थीको घरमै गएर पढाउन सक्नुहुन्छ । अहिले खासगरी शहरी क्षेत्रमा यो काम लोकप्रिय बनेको छ ।

प्रतिक्रिया [1]
User Image

Madan gopal Yadav

[Nov 6, 2019 02:02am]

I'm a bachelor degree holder (B.A)in English student & I'm searching a job which can increase my experience level and job should be appreciable to my qualification so if there is any job related to my qualification then you may contact me on (madangopaly2@gmail.com)9819086454


प्रतिक्रिया दिनुहोस्