arthik abhiyan
ad banner

टी–२० विश्वकप  क्रिकेट  खेल्ने नेपालको सपना अधुरै

Jul 28, 2019
खेल विविध
Image Not Found
author avatar (अस)

१२ साउन, काठमाडौं (अस)। आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपाल पराजित भएको छ ।   सिंगापुरसँग पराजयसँगै नेपालको टी–२० विश्वकप खेल्ने सपना अधुरै रहन पुगेको छ । 

आइतवार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुरले एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा पनि स्थान बनाएको छ ।
१९२ रनको लक्ष्य पाएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्का १२ रनमा आउट भएका थिए भने ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन मात्र बनाएका थिए । निकै दबावमा आएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको जोडी अन्तिम आशा थियो ।

दुबैले सातौं विकेटका लागि ३१ रनको साझेदारी  गरेका थिए तर, १३  दशमलव २ ओभरमा सोमपाल रनआउट हुन पुगेका थिए । यस कारण नै सिंगापुर जिततर्फ उन्मुख हुन पुग्यो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्