arthik abhiyan
ad banner

जहाँ यात्रा गर्न गाडी रिजर्भ गर्नु पर्दछ........

Jul 31, 2019
प्रदेश ०६
Image Not Found

सुकमाया थापा, साउन १५, डोल्पा । डोल्पाको एउटा यस्तो ठाउँ छ, जहाँ गाडी चढ्न रिजर्भ नगरी गन्तव्यमा पुग्न सकिदैन । कम पैसा हुने र आर्थिक अवस्था कम्जोर हुने व्यक्तिले यात्रा गर्न सक्ने अवस्था पनि छैन । 
जिल्लाको ठुलिभेरी नगरपालिका–७ बाट ५ सम्म करीब १६ किलोमिटर सडकमा गुड्ने यातायातका साधनमा यस्तो चल्दै आएको छ । १६ किलोमिटर सडक मध्ये जुफलाबाट फेरासम्म करीब १० किलोमिटर सडकमा मात्र २५ भन्दा बढी स्थानमा घुम्ती रहेको छ ।

प्राविधिक इस्टिमेट विना नै डोजर चालकले जता सजिलो हुन्छ, उतैपट्टि खनेको यो  सडकमा यात्रा भन्दा सास्ती भोग्नुपरेको वडा नं ५ का अध्यक्ष कर्णबहादुर रोकाय बताउँछन् । 
खाल्डाखुल्डी र घुम्ती भएकोले यातायात चलाउनै मुस्किल भएको उनले बताए ।

बाटोको दुरावस्थाले गर्दा सदरमुकाम दुनैदेखि माझफाल गाउँसम्ममा यात्रा गर्न दुई दिन लाग्ने गरेको स्थानीयवासीको भनाइ छ । सदरमुकाम दुनैबाट छेडासम्म सडक निर्माण भए पनि यातायात  व्यावसायीले रिजर्भ बाहेक यात्रु बोक्नै नमानेपछि बाध्यताले ऋण  लिएर जीप चढ्नु परेको माझफालका कृष्ण रोकायले बताए ।

यातायात व्यावसायीले एक पटक रिजर्भमा गाडी चलाउँदा यात्रुबाट १६ किलोमिटरको रू.७ हजार भन्दा बढी लिने गरेका  छन् । जवकि  नेपालगन्जबाट डोल्पा जहाजमा याात्रा गर्दा रू.५ हजार लाग्ने गर्दछ । हवाई भाडाभन्दा बढी रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

ठुलिभेरी नगरपालिकाले निर्माण गरेको उक्त सडकमा यात्राभन्दा सास्ती धेरै भएको स्वयं जनप्रतिनिधि बताउँछन् । उता यातायात व्यावयासीहरु भने सडक राम्रो नभएकैले रिजर्भ बाहेक अरुमा यात्रु  बोक्न समस्या भएको बताउँछन् ।  उनीहरु सडकको दुरावास्थाले गर्दा सवारी कहाँ विग्रने ठेगान नभएकोले आवश्यक औजारहरु समेत साथमै लिएर हिंड्नु पर्ने बाध्यता  सुनाउँछन् ।


  
 

प्रतिक्रिया दिनुहोस्