arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यस्तो छ विश्वकै सबैभन्दा सानो ल्यापटप

Aug 5, 2019  
प्रविधि
Image Not Found

एक युवाले विश्वको सबैभन्दा सानो ल्यापटप निर्माण गरेका छन् । पोल क्लिन्गर नामका युवाले १ इन्चको स्क्रिन भएको विश्वकै सानो ल्यापटप बनाएका हुन्, जसलाई उनले ‘थिंक टाइनी’ नाम दिएका छन् । यो ल्यापटप आईबीएम कम्पनीले तयार पारेको थिंकप्याडको सानो रूप हो । अहिले थिंकप्याड अहिले लेनोभोले बनाउँछ । क्लिन्गरले यो मिनी ल्यापटपमा थिंकप्याडको जस्तै किप्याडको बीचमा रातो रङको कर्सर कन्ट्रोलर पनि दिएका छन् । 

यो ल्यापटपमा १२८×६४ पिक्सेलको ओएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । साथै यो साना ल्यापटपमा एटाइनी १६१४ मिनी कन्ट्रोलरको प्रयोग गरिएको छ । यसमा ३ सय एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ । यसको ब्याट्रीलाई रिचार्ज पनि गर्न सकिन्छ ।

यसमा मानिसले गेम पनि खेल्न सक्छन् । यो ल्यापटप यति सानो छ कि, त्यसलाई हत्केलामा लिन सकिन्छ । यो ल्यापटपको बीचमा राखिएको रातो बटमलाई माउसको रूपमा प्रयोग गर्न सकिन्छ । यसको पार्टपुर्जा र आवश्यक अन्य सामग्रीका लागि ८५ डलरबराबरको रकम खर्च गरिएको थियो । पोल क्लिन्गर अहिले तत्काल यो ल्यापटप बेच्न चाहँदैनन् । तर, यो ल्यापटप बनाउन चाहनेका लागि उनले सबै जानकारीसार्वजनिक गरेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्