arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आगामी महीना आईफोन–११ सार्वजनिक गर्दै एप्पल

Aug 5, 2019  
प्रविधि
Image Not Found

अमेरिकी प्रविधि कम्पनी एप्पलले आगामी सेप्टेम्बरमा आफ्नो नयाँ आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आईफोन ११ सँगै नयाँ आईप्याड र म्याकबुक ल्याउने भएको हो । एप्पल निकट विश्लेषकहरूका अनुसार आईफोन ११ मा एप्पल पेन्सिलको समेत प्रयोग गर्न मिल्नेछ । यो व्यवस्था भएमा एप्पल पेन्सिल सपोर्ट गर्ने यो पहिलो आईफोन हुनेछ ।

यसपटक आईफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रियर क्यामेरा हुन सक्ने बताइएको छ । कम्पनीले ल्याउन लागेको नयाँ आईफोन अपरेटिङ सिस्टम आईओएस१३ मा चल्नेछ । आईओएस१३ मा केही विशेष फिचर्स पनि थपिएका छन् । पहिलोपटक डार्क मोडको व्यवस्था गरिएको यो फोनको होम स्क्रिन रि–डिजाइन गरिएको छ । साथै एउटै पेजमा धेरै एप्स देखिनेछन् । यसमा स्प्लिट भ्यूका लागि नयाँ अपडेट पनि मिल्नेछ, जसबाट प्रयोगकर्ताले एकसाथ धेरै फाइल र डकुमेन्ट्समा काम गर्न सक्नेछन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्