arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नासाले खोज्यो ‘सुपर–अर्थ’

मानव बसोबासको सम्भावना

Aug 5, 2019  
प्रविधि
Image Not Found

नासाका वैज्ञानिकहरूले जीवनको सम्भावना हुन सक्ने विशेषता भएको पहिलो ग्रह खोजेका छन् । सौर्य मण्डलभन्दा बाहिर भेटिएको यो ग्रह पृथ्वीभन्दा ३१ प्रकाशवर्ष टाढा रहेको छ, जसलाई ‘सुपर–अर्थ’ जीजे ३५७–डी नाम दिइएको छ । यो ग्रहको खोजी नासाको स्याटेलाइटबाट गरिएको हो । 

नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटको माध्यमबाट यो वर्षको शुरूमा यो ग्रह खोजिएको थियो । अमेरिकाको कर्नेल युनिभर्सिटीका सहायक प्राध्यापक एवं टीईएसएस विज्ञान टीमकी सदस्य लिजा कल्टेनेगरले पहिलो सुपर–अर्थ भेटिनु उत्साहजनक रहेको प्रतिक्रिया दिएकी छिन् । पृथ्वीभन्दा ठूलो यो ग्रहमा घना वातावरण देखिएको छ र जीवनको सम्भावना समेत रहेको उनको भनाइ छ । नयाँ ग्रहको खोजसँग सम्बन्धित यो अध्ययन एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित छ । 

जीजे ३५७–डीमा जीवनको कुनै संकेत मिलेमा जो कोहीलाई पनि यो ग्रहमा पुग्ने चाहना हुन्छ । जीजे ३५७–डीको सतहमा तरल पदार्थ भेटिन सक्ने वैज्ञानिक कल्टेनेगरले बताइन् । टेलिस्कोपको सहयोगमा यहाँ जीवनको संकेतको पहिचान गर्न सकिने उनका भनाइ छ । यसबारे अनलाइनबाट छिट्टै जानकारी दिइने बताइएको छ ।

ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टीईएसएस) एक अन्तरिक्ष टेलिस्कोप हो । यसलाई नासाले खोजीका लागि सन् २०१८ अप्रिल १८ मा प्रक्षेपण गरेको थियो । यो स्याटेलाइटले २ वर्षसम्म काम गर्न सक्छ । स्पेनको इन्स्टिच्युट अफ एक्ट्रोफिजिक्स अफ द केनरी आइल्यान्ड तथा युनिभर्सिटी अफ ला लागुनाका खगोलविद्ले जीजे३५७ प्रणाली पत्ता लगाएको एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स नामक जर्नलमा उल्लेख छ । यसमा तीन ग्रह रहेको र यसमध्ये जीजे ३५७–डी बसोवासका लागि उपयुक्त रहेको संकेत पाइएको हो । वैज्ञानिकका अनुसार यो ग्रहको वरिपरि कुनै ग्रहले चक्कर लगाइरहेको छ । नासाका गोडार्ड स्पेस फ्लाइट सेन्टरका अनुसार यो ग्रह पृथ्वीभन्दा करीब २२ प्रतिशत ठूलो छ । साथै वैज्ञानिकहरूको एक नयाँ अध्ययनले पृथ्वीको आकार भएका र बरफ जमेका ग्रहको केही क्षेत्र पनि बसोवासका लागि उपयुक्त हुन सक्ने देखाएको छ । जियोफिजिकल रिसर्च जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार बरफले ढाकिएका ग्रहको भूमध्ये रेखाका क्षेत्रमा बस्न सकिने किसिमको तापमान हुन सक्छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्