arthik abhiyan
ad banner

हुरी र बाढीपीडितलाई क्षतिपूर्ति माग

Aug 6, 2019
प्रदेश समाचार प्रदेश ०२
Image Not Found

बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराले बाढीपीडितलाई क्षतिपूर्ति र हावाहुरी प्रभावित भई छुटेकालाई पुनर्निर्माणको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेकपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी राजेश पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पेश गरेका हुन् । 

बाढीबाट प्रभावित भएका जनतालाई तत्काल राहत वितरण गर्नुपर्ने माग गरिएको छ । ‘बाढीबाट घरबारविहीन भएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘पीडित राहतको पर्खाइमा छन् ।’ नेकपाले हुरीबाट प्रभावितको सूचिमा धेरैको नाम छुटेका कारण घर बन्न नसकेकोप्रति ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्रमार्फत प्रदेशमा मौलाउँदै गरेको भ्रष्टाचारलाई निराकरण गर्न माग गरिएको छ । त्यसैगरी, प्रदेशमा बाढी प्रभावितलाई राहत वितरणमा प्रदेश सरकारले मनोमानी गरेको आरोप लगाइएको छ । ज्ञापनपत्र बुझाउन पार्टी जिल्ला इन्चार्ज बलवीर चौधरी, सहइन्चार्जद्वय गोपाल ठाकुर र ज्वाला साह, जिल्ला सचिव सुन्दर विकलगायत उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्