arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

Aug 7, 2019  
बजार
Image Not Found

काठमाडौं (अस) । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा कुवेतमा मृत्यु भएका बागलुङका ताराबहादुर विकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना र नायब महाप्रबन्धक केशवराज केसीले मंगलवार मृतकका बुबा देवबहादुर विक र श्रीमती भूमाकुमारी विकलाई रू. १३ लाखको चेक हस्तान्तरण गरेका हुन् । ताराबहादुरले गत फागुनमा उक्त कम्पनीमार्फत रू. १० लाखको वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । गत असार २० गते कुवेतमा उनको असामयिक निधन भएको थियो । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्य रूपमा यस्तो बीमा गर्नुपर्ने प्रावधान छ । कम्पनी महाप्रबन्धक शिवराम तिमिल्सिनाले ग्राहकको सहजताका लागि दाबी भुक्तानी छिटोछरितो बनाउँदै आएको बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्