arthik abhiyan
ad banner

सल्यानमा पहिरोले खानेपानीको पाइप बगायो

Aug 7, 2019
प्रदेश समाचार प्रदेश ०६
NA

सल्यान (अस) । सल्यानमा पहिरोले खानेपानी आयोजनामा क्षति हुँदा २ हजारभन्दा बढी उपभोक्ता मर्कामा परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ खर्सुबासमा पहिरोले खानेपानीको पाइप बगाएको हो । यसबाट पालिकाका वडा नं ४ र ५ का सयौं घरपरिवारमा खानेपानी आपूर्ति हुन नसकेको स्थानीय तिले नेपालीले बताए ।

खर्सुवास मुहानमार्फत ल्याइएको पाइपलाइन पहिरोले बगाएपछि लेखपोखरा, तारुपरे, पोखरी, भित्रीवन लगायत गाउँमा खानेपानीको संकट भएको नेपालीले बताए । उक्त क्षेत्रमा निर्माणाधी कपुरकोट–झ्याम सडकबाट निक्लिएको माटो वर्षासँगै झरेपछि पाइप बगाएको हो । असार २२ गते झरेको पहिरोले खानेपानीको मुहानसमेत पुरेको छ । आयोजना सञ्चालनमा ल्याउनेतर्फ हालसम्म काम हुन सकेको छैन ।

खानेपानीको पाइप पहिरोले बगाएको महीना पुग्दा पनि मर्मत नहुँदा समस्या भएको अर्का स्थानीय कृष्ण विकले बताए । जथाभावी सडक खन्दा यसले ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ । अहिले यहाँका स्थानीय बासिन्दा पानी लिन अहिले दुई/तीन घण्टा टाढा जानुपर्ने बाध्यता छ । वडाअध्यक्ष लीलाधर घर्तीले खानेपानी सुचारु गर्न मर्मत सम्भारको काम थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्