arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डिभिजन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा 

Aug 7, 2019  
विविध
NA
author avatar अभियान संवाददाता

काठमाडौं । बाढीपीडित कार्यक्रमअन्तर्गतको योजनामा फर्जी बिल भरपाई बनाएर लाखौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाइ विकास डिभिजन कार्यालय गौरका डिभिजन प्रमुखलगायत विरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले डिभिजन प्रमुख अजित श्रीवास्तवले आर्थिक वर्ष २०७४/७५ मा लागू भएको बाढीपीडित कार्यक्रमअन्तर्गत १६ ओटा योजनामा फर्जी बिल बनाई ३ लाख ७२ हजार ५१ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको जानकारी दिए । यसैगरी तत्कालीन इन्जिनीयर नवीनकुमार यादव, तत्कालीन सबइन्जिनीयर सञ्जय साह र उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तर समेतको मिलेमतोमा श्रीवास्तवले भ्रष्टाचार गरेको आरोप लगाइएको छ । अख्तियारले उनीहरूबाट पनि जनही ३ लाख ७२ हजार ५१ रुपैयाँ ३२ पैसा असुल गर्न अदालतसँग माग गरेको छ ।

 यसैगरी, गुजरा खोला सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोप लगाई अख्तियारले उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तरविरुद्ध मंगलवार नै अर्को मुद्दा दायर गरेको छ । अख्तियारले सो आयोजनामा पनि अक्तरले ३ लाख ७२ हजार ५१ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्