arthik abhiyan
ad banner

सल्यानमा प्रदेश सरकारको बजेट १ अर्ब १२ करोड

Aug 7, 2019 
विकास
Image Not Found

सल्यान (अस) । कर्णाली प्रदेश सरकारले सल्यानमा चालू आवका लागि रू. १ अर्ब १२ करोड ५३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालयमार्फत जिल्लामा उक्त बजेट छुट्ट्याइएको हो । विनियोजित बजेटको प्राथमिकतामा पूर्वाधार विकास रहेको छ ।

सडक, सिँचाइ, खानेपानी, तटबन्ध निर्माणका योजना बजेटका प्राथमिकतामा परेका हुन् । जिल्लामा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्र्तगत ८२ योजना छनोट भएका छन्, जसका लागि रू. ८७ करोड ९१ लाख विनियोजन भएको छ । यस्तै सामाजिक विकास मन्त्रालयका २८ ओटा योजना परेका छन् । यसका लागि रू. ९ करोड ९० लाख छुट्ट्याइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत २७ योजनाको बजेट रू. ७ करोड ९१ लाख ७० हजार छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका ४३ योजना समावेश गरिएकोमा रू. ६ करोड ८० लाख ५० हजार विनियोजन गरिएको छ । 

समग्र जिल्लाको विकासका ठूलो बजेट छुट्ट्याइएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘टुक्रे योजनाभन्दा पनि  विकासका ठूलो योजनालाई प्राथमिकता दिइएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्