arthik abhiyan
ad banner

उन्नति माइक्रोफाइनान्सको नाफामा १०३ प्रतिशत वृद्धि

Aug 7, 2019
लगानी
Image Not Found

साउन २२, काठमाडौं (अस) । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलानमा नाफा १०३ प्रतिशत बढेको छ । अघिल्लो आवमा रू. ३ करोड रू. २ करोड ५ लाख रहेको नाफा गत आवमा रू. ४ करोड १८ लाख पुगेको छ । कम्पनीले असार मसान्तसम्म रू. १३ लाख १५ हजार खराब कर्जा संकनल गरेपछि नाफा बढ्न पुगेको हो । 
कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ३० प्रतिशत र संचालन मुनाफा १०६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी रू. ५ करोड ५१ लाख र संचालन मुनाफा रू. ६ करोड ५१ लाख पुगेको छ । 

कम्पनीको गत आवको चौथो त्रैमसामा कम्पनीको चुक्तापूँजी ६० प्रतिशत बढेर रू. ८ करोड ८२ लाख पुगेको छ । कम्पनीले ४० दशमलव ५० प्रतिशत बोनस शेयर र २० प्रतिशत हकप्रद शेयर वितरण गरेपछि पूँजी बढेको हो । कम्पनीले जगेडा कोषको रकम ७३ प्रतिशतले वृद्धि गरेको छ । 

अघिल्लो आवमा जगेडा कोषमा रू. ३ करोड ५१ लाख रहेको थियो भने गत आवमा रू. ६ करोड ११ लाख रहेको छ । कम्पनीले रू. ५५ करोड ६० लाख निक्षेप संकलन गर्दा रू. १ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ  । 

कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६३ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी अनुपात ४७ दशमलव ४३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ९६ रहेको छ । 


  


 

प्रतिक्रिया दिनुहोस्