ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पठाओले शुक्रवारदेखि ट्याक्सी सेवा पनि शुरू गर्ने

Aug 7, 2019  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २२, काठमाडौं । मोबाइल र स्कुटरको माध्यमद्वारा भाडामा यात्रु बोक्दै आएको पठाओ नेपालले ट्याक्सी सेवा पनि शुरू गर्ने भएको छ । केही समयअघि आफ्नो पेजमार्फत ‘पठाओ ट्याक्सी’ वा ’पठाओ फूड’ भनेर मत सर्वेक्षण शुरू गरेको पठाओले जनतमतका आधारमा ट्याक्सी सेवा शुरू गर्न लागेको हो ।

पठाओ ट्याक्सीमा ९५ प्रतिशत मत प्राप्त भएकाले जनमतका आधारमा ट्याक्सी सेवा शुरू गरिएको पठाओ नेपालकी बजार प्रबन्धक सुरक्षा हमालले बताइन् । ‘शुक्रवारदेखि काठमाडौं उपत्यकामा ट्याक्सी सेवा शुरू हुन्छ,’ उनले भनिन्, ‘पठाओले पठाओ ट्याक्सी र पठाओ फूड दुवै सेवाको तयारी गरी शुरूमा जनमतका आधारमा ट्याक्सी सेवा शुरू गरेको हो ।’ उनकाअनुसार २०० ट्याक्सी चालक ‘पठाओ ट्याक्सी’मा आवद्ध भएका छन् र हाल तिनैद्वारा सेवा शुरू गर्न लागेकोमा कम्पनीले आगामी दिनमा ‘पठाओ ट्याक्सी’मा थप ट्याक्सीलाई पनि समेट्ने योजना बनाएको छ ।

यो सेवा पठाओको पुरानै एपबाट लिन सकिन्छ । पठाओ एपमा चारओटा बटन भएकोमा मोटरसाइकल बटन मात्र खुला गरिएको थियो । शुक्रवारदेखि ट्याक्सी बटन पनि खुला गरिने र सोमार्फत ट्याक्सी सेवा लिन सकिने हमालले बताइन् । ‘पठाओ ट्याक्सी’ सरकारले तोकेको भाडामा मिटरमा चल्ने र उपत्यकाका जुनसुकै ठाउँबाट पनि ट्याक्सी अर्डर गर्न सकिने हुँदा ट्याक्सीमा थप १०० रुपैयाँ सेवाशुल्क जोडिएको उनले बताइन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्