arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालमा मुद्रास्फीति र असर 

Aug 8, 2019  
१० वर्ष अघि
NA

आर्थिक वर्ष २०६४/६५ को पहिलो ११ महिनामा उपभोक्ता मुद्रास्फीति ११ प्रतिशत पुगिसकेको छ । आगामी केही महिनामा नेपालको मुद्रास्फीति दुई अंकमा रहने आकलन गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । 

आव २०६४/६३ मा औसत मुद्रास्फीति लगभग ८ प्रतिशत रहने राष्ट्र बैंकको अनुमान छ । त्योभन्दा अघिल्लो वर्ष औसत मुद्रास्फीति दर ६.४ प्रतिशतमा रहेको थियो । 

अर्थतन्त्रमा मानिसको मौद्रिक आयको वृद्धिले उपभोक्ता खर्चमा वृद्धि ल्याएर समग्र माग बढ्दा वस्तु तथा सेवाको उत्पादन तथा समग्र पूर्ति सोही अनुपातमा नबढेमा मुद्रास्फीतिको सिर्जना हुन्छ ।

मुद्रास्फीति अहिले नेपालमा मात्रै होइन, विश्वभरि नै तीव्र रूपमा बढिरहेको छ । खाद्य संकट र माग अनुसार पेट्रोलियम पदार्थको उत्पादन हुन नसक्दा त्यसको मूल्यमा वृद्धि भई विश्वमा मुद्रास्फीति बढेको हो । गत वर्ष जेठतिर विश्व बजारमा पेट्रोलको मूल्य प्रतिब्यारेल ६६ अमेरिकी डलर रहेकोमा २०६५ जेठ मसान्तमा त्योभन्दा दोब्बर भई प्रतिब्यारेल १ सय ३० अमेरिकी डलर नाघेको थियो । त्यसपछि यो बढेर १ सय ४६ डलर नाघेकोमा हालै यो केही घटेर १२० डलरतिर आए पनि फेरि १४५ डलर वा त्योभन्दा पनि माथि नजाला भन्न सकिन्न ।

खाद्य संकट र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले विश्वलाई नराम्रोसँग जकडेको भए पनि नेपाललाई भने त्यसले अझै त्यति ठूलो असर पारेको छैन । नेपालमा खपत हुने कुल ऊर्जामध्ये ९.६१ प्रतिशतमात्र पेट्रोलियम पदार्थबाट पूर्ति हुने गरेको छ ।   

वर्ष ३, अंक ४८ २०६५, साउन २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्