arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बञ्चरेडाँडामा ‘ल्यान्डफिल साइट’ बन्न शुरू

Aug 8, 2019  
विविध
NA

काठमाडौं (अस) । काठमाडौं उपत्यकाको फोहोर फाल्ने उपयुक्त स्थानका रूपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट’ निर्माण कार्य शुरू भएको छ । उपत्यकाभरको फोहोर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो । 

शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ । पूरै संरचना दुई चरणमा गरेर सम्पन्न गर्ने योजना रहेको विभागका वरिष्ठ डिभिजनल इन्जिनीयर मनोज नकर्मीले बताए । पहिलो चरणको रू. ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा ठेक्कामा भएर काम शुरू भएको छ । गत वैशाख २२ मा लुम्बिनी–कोशी एन्ड न्यौपाने जेभीलाई १ वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएको थियो । पहिलो चरणमा आवश्यक पूर्वाधार निर्माणका काम रहेको उनले बताए । वैशाखमा शुरू भएकामा गत असारसम्ममा सो स्थानमा निर्माण कार्य अघि बढाउन अस्थायी सडक निर्माण भइसकेको विभागका प्रवक्ता चन्द्रशेखर महतोले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्