arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कलेज प्रोफाइल : मानवीय गुण विकास गराउने साउथ वेस्टर्न स्टेट कलेज

Aug 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

काठमाडौंको वसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा हाल ३३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०६६ सालमा १३६ जना विद्यार्थीबाट शुरू भएको यो कलेजले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा तय गरिने शिक्षण पद्धति अवलम्बन गरी शैक्षिक गुणस्तर बलियो बनाएको छ । बीसीए, बीबीएम, बीबीएस, बीएसडब्ल्यू, एमबीएस र एमए इन इङ्लिशका शैक्षिक कार्यक्रम सञ्चालित कलेजसँग धेरैजसो शिक्षक पूर्णकालीन छन् । त्यस्तै, उद्योग तथा व्यवसायको भ्रमण, प्रस्तुतीकरण, परियोजना ढाँचा निर्माण, समूहगत छलफल, विचार आदानप्रदान जस्ता विषयमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

पावरपोइन्ट प्रिजेन्टेशनका साथै कलेजले ई–लर्निङ अन्तर्गत वेबसाइट तथा ई–लाइब्रेरीको उच्चतम प्रयोग गरेको छ । अनुसन्धानमुखी शिक्षा र सामाजिक उत्तरदायित्वलाई समान तरीकाले अगाडि बढाउन कलेजले ‘साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टरको स्थापना’ गरेको छ । यस कलेजमा विद्यार्थीलाई हरेक महीना ‘साउथवेस्टर्न न्यूज लेटर’मा आप्mना लेख, रचना प्रकाशन गर्ने अवसर छ । साथै ‘साउथवेस्टर्न एजुकेशन हब’ त्रैमासिक पत्रिकामा राष्ट्रिय/अन्तरराष्ट्रिय विज्ञहरूका अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्ने गरिएको छ ।

विद्यार्थीमा सामाजिक उत्तरदायित्व वहन गर्ने मानवीय गुण विकास गराउन कलेजको मातहतमा असहाय, सडक बालबालिका, दुःखी तथा जेहेनदार ६० जना विद्यार्थीलाई निःशुल्क खान–बस्न र अध्ययनको व्यवस्था गरिएको छ । मेडिकल फिल्डका साथै विभिन्न प्रकारका छात्रवृत्ति, चार्टर्ड एकाउन्टेन्ट, पत्रकारिता जस्ता विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका विश्वविद्यालयमा अध्ययनका लागि यहाँका विद्यार्थीले अवसर पाउँदै आएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्