arthik abhiyan
ad banner

 हुलाक बचत बैंकमा ५ करोड निक्षेप  

Aug 8, 2019
प्रदेश ०२
Image Not Found
सांकेतिक तस्वीर

साउन २३,  कलैया । जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/ ७६ मा कुल रू.५ करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ ।     
यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रू.४ करोड ६७ लाख ५ हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रू.४ लाख ३ हजार ९५१ र गत वर्षको निक्षेप रू.६४ लाख २९ हजार ५७ समेत गरी कुल रू.५ करोड ३५ लाख ३८ लाख ३०१ मध्ये निक्षेपकर्ताले रू.४ करोड ८६ लाख ३० हजार ५६३ झिकेको र बाँकी रू.४९ लाख ७ हजार ७४७ हुलाक कार्यालयको कुल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।

 आर्थिक वर्ष २०७५/ ७६ मा हुलाक बचत बैंकले ४३ ग्राहकलाई रू.७० लाख २८ हजार ३०३ ऋण लगानी गरेको र २०७६ असार मसान्तसम्म रू.८ लाख २९ हजार ४४७ मौज्दात रहेकामा रू. ३० लाख ५० हजार ३६८ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको प्रमुख यादवले  बताए । रासस
 

प्रतिक्रिया दिनुहोस्