arthik abhiyan
ad banner

कोलकाता बन्दरगाहको सिन्डिकेट  हटाउन नेपाली व्यवसायीको माग

Aug 9, 2019 
१० वर्ष अघि
NA

सुदूरपश्चिममा चलेको ट्रकको सिन्डिकेटको सर्वत्र विरोध भइरहेकै बेला आयातनिर्यातसँग सम्बन्धित व्यवसायीहरूले भारतीय बन्दरगाहरूमा सञ्चालित सिन्डिकेटबाट आफूहरूले ठूलो क्षति बेहोर्नुपरेको बताउँदै त्यो फिर्ता गराउन पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

तेस्रो मुलुकबाट जलमार्ग हुँदै सामान आयात गर्ने व्यवसायीहरूले प्रायःजसो भारतको कोलकाता र त्यस नजिकको हल्दिया बन्दरगाहबाट ल्याउँछन् । त्यहीँबाट भुटान र भारतका व्यवसायीहरूले समेत सामानहरू ल्याउने गर्छन् । त्यसकारण ती दुवै अतिव्यस्त बन्दरगाह मानिन्छन् । ती दुवै ठाउँमा भारतीय व्यवसायीहरूले अघोषित रूपमा क्रेन र ट्रकको सिन्डिकेट चलाएका छन् । त्यसले गर्दा नेपालीहरूले पानी जहाजबाट बन्दरगाहमा सामान अनलोड गर्दा र क्रेनको र त्यसपछि ट्रकहरूले अघोषित रूपमा सिन्डिकेट चलाइरहकोले आफूहरू मर्कामा परिरहेको गुनासो व्यवसायीहरूको छ । ‘सामान अनलोडका लागि क्रेनको पालो पर्खंदा नै कैयौं दिन बित्छ । बल्लबल्ल सामान उतार्‍यो ट्रकको सिन्डिकेट सुरु हुन्छ’ नेपाल समुद्र पार व्यापार संघका पूर्वअध्यक्ष अखिल चापागाईं भन्छन्  । चापागाईंका अनुसार भारतीय ट्रान्सपोर्ट कम्पनीले दिएको ट्रकबाहेक अन्य ट्रकमा सामान लोड गर्न खोज्दा ट्रान्सपोर्ट कम्पनीहरूले अवरोध पुर्‍याउँछन् । जसले गर्दा उनीहरूले तोकेकै ट्रक र भाडा दरमा ल्याउनुको विकल्प छैन ।  

वर्ष ३, अंक ४९ २०६५, साउन २७–भदौ १

प्रतिक्रिया दिनुहोस्