arthik abhiyan
ad banner

भ्रमण वर्ष २०२० र शौचालयको समस्या

Aug 9, 2019 
पाठक विचार
NA

नेपालले पर्यटन वर्ष २०२० मनाउने तयारी गरिरहेको छ । तर, नेपालको तयारी कस्तो छ भन्ने कुरा यहाँका सार्वजनिक शौचालयको अवस्थाले देखाउँछ । पर्यटक नेपालको एयरपोर्टमा आउनासाथ फूल, अबिर र माला लगाई स्वागत गरिएछ । तर उनीहरू राजधानी काठमाडौंमै रहेका पर्यटकीय स्थलहरू घुमघाम गर्दागर्दै शौच लाग्यो भने के गर्लान् ? पर्यटकीय क्षेत्रमै गतिला शौचालय छैनन् । भएका शौचालयको पनि सहज जानकारी दिने गरी बोर्ड आदिको व्यवस्था छैन ।  हाम्रो नेपालमा शौचालय कहाँ भनेर नाकले सुघेर थाहा पाउनुपर्छ । हुन पनि हो, हाम्रा शहरका बाटा हुन् वा मन्दिर तथा अस्पतालहरू सबै ठाउँमा सुँघेर नै शौचालय पत्ता लाग्छ । अझ हामीलाई त सार्वजनिक शौचालय नै चाहिँदैन । एकान्त वा कुनाकाप्चा नै हाम्रा सार्वजनिक शौचालय हुन् । हाम्रा तीन शहरका खुला ठाउँमा कहाँ शौच गर्न हुने नहुने थाहा पाउन पनि खासै गाह्रो छैन । नाकले नथाम्ने गरी शौचको गन्ध आएको थलोमा शौच गरे हुन्छ । 

कुनै मठमन्दिर बाटो पर्खाल आदिमा यहाँ शौच गर्न मनाही छ, लेखिएको छ भने त्यो सूचना शौच तथा फोहोर फ्याल्ने ठाउँ हो भनी निमन्त्रणा दिएजस्तो लाग्छ । शहरका खुला शौचालयका रूपमा प्रयोग भइरहेका कुनाकाप्चा दुर्गन्धित हुनु अस्वाभाविक होइन । तर, यी भन्दा भयानक दुर्गन्धित छन् स्थानीय निकायहरूले चलाएका सशुल्क शौचालयहरू । हामीहरूलाई त बानी परिसक्यो तर पर्यटकलाई कसरी बानी पार्ने ? अब हेर्नुस् त यस्ता शौचालय अरू पनि थप्ने रे त्यो पनि पर्यटक बढी भित्र्याउन । के यस्तै शौचालय देखाएर सुघाएर पर्यटक बढाउने हो ? 

दामोदर पौडेल
 

प्रतिक्रिया दिनुहोस्