arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई विधेयक पारित    

Aug 9, 2019  
विविध
NA

काठमाडौं । प्रतिनिधिसभाको बिहीवारको बैठकले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, मेटमणि चौधरी र भरतकुमार शाहले भाग लिँदै निर्यात र आयातबीच सन्तुलन कायम गरी नेपालको व्यापारघाटा कम गर्न सुझाव दिएका थिए । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको अवस्थामा विधेयक चाँडै आउनुपर्दथ्यो भन्दै उनीहरूले वस्तु आयातमा कडाइ गर्न सुझावसमेत दिएका थिए । साथै स्वदेशी उद्योगलाई विधेयकबाट अप्ठ्यारो पर्न नदिन सरकार सचेत बन्न सांसदले सरकारसित आग्रह पनि गरे । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सरकारले स्वदेशी उद्योगको संरक्षणमा ध्यान दिएको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्