arthik abhiyan
ad banner

जाजरकोट : जहाँका ५ सरकारी कार्यालयमा सूचना अधिकारी नै छैनन् ....

Aug 9, 2019
प्रदेश ०६
Image Not Found

साउन २४, जाजरकोट । जाजरकोटका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । 

सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको छ । 

सङ्घीय सरकारको मातहतमा रहेका पाँच कार्यालय, प्रदेश मातहतका छ र अन्य दुई कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमन गरिएका कार्यालयमा २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको प्रजिअ बस्नेतले बताए । तोकिएको पोशाक नलगाउने कर्मचारीको संख्या ३० रहेको छ ।
 
नागरिक बडापत्र नभएका कार्यालय ११, सूचना अधिकारी, नाम, पद र फोन नम्बर टाँस नगरिएका कार्यालयको संख्या नौ, धूम्रपान, मद्यपान निधेष भनी नलेखिएको कार्यालय संख्या १०, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने भनाइ नलेखिएको कार्यालयको संख्या नौ रहेको प्रजिअ बस्नेतले बताए ।

कर्मचारीले पोशाक भत्ता बुझे पनि पोशाक नलगाउने, परिचयपत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमन गरिएको प्रजिअको भनाइ छ ।  रासस

प्रतिक्रिया दिनुहोस्