arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्युत् चुहावट १२ प्रतिशतले घट्यो, हुकिङ गरी विद्युत् चोर्ने ५३७ जना पक्राउ

Aug 9, 2019  
प्रदेश ०२
Image Not Found

साउन २४, सिरहा । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो ।

आव २०७३/७४ सम्म ३८ दशमलव ९३ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आव २०७४/७५ मा विद्युत् चुहावट ३४ दशमलव ८८ प्रतिशतमा झेरेको र आव २०७५/७६ सकिँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

यस्तै आव २०७५/७६ मा विद्युतको महसुल नबुझाउने ४४९ जना ग्राहकको विद्युत् लाइन काट्दा रू. १ करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ ।

त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चोरी गर्ने ५३७ जनालाई पक्राउ गरी जरिवानाबापत रू. ६७ लाख ८० हजार ११५ राजस्व संकलन भएको बताएको छ ।

सो क्रममा ४४३ थान विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताए । त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारबाही गरी रू. २१ लाख १७ हजार ६३३ राजस्व संकलन गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले बताएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्