arthik abhiyan
ad banner

फोटोफिचर : कपडा बैंकमा कपडा छान्दै सर्वसाधारणहरु 

Aug 10, 2019
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

साउन २५, काठमाडौं । पवित्र मनले मानवीय सेवा शुरु गर्यो भने अवश्य पनि साथ र सहयोग हुँदोरहेछ भन्ने कुरा  काठमाडौंको अनामनगरमा रहेको कपडा बैंकले पुष्टि गरेको छ । 
पवित्र उद्धेष्यका साथ शुरु गरिएको  यो अभियानबाट  गरिव दिन दुःखीहरुले आङ छोप्न  पाएका छन् । अहिले यो बैंकमा  कपडा दिन तथा लिन आउनेहरुको दिनप्रतिदिन भिड लाग्ने गरेको छ ।

अनामनगरमा रहेको यो कपडा बैंकमा कपडा छान्दै छन् सर्वसाधारणहरु ।  

 

गत साउन ८ गते देखि शुरु भएको यो अभियान देशव्यापी रुपमा सञ्चालन भएको अभियन्ता वीरबहादुर विष्टले जानकारी दिए  । 
 उनका अनुसार यो निःशुल्क  सेवारुपी अभियान हो । यो अभियानमा सरिक हुन चाहनेले आफूसँग भएको पुराना या नयाँ कपडा दिन सक्नेछन् । र यहाँ भएको कपडा लान पनि सक्नेछन् । 


यो अभियानबाट गरिव दिन दुःखीहरुलाई धेरै नै राहत पुग्ने अभियन्ता विष्टको भनाइ छ । 
तस्वीर : मल्लिका  घिमिरे / शब्द : प्रजिता बुढाथोकी / आर्थिक  अभियान
 

प्रतिक्रिया दिनुहोस्