नेकपा माओवादीले सञ्चालन गर्न सुरु गरेका बालाजुस्थित सिद्धार्थ अस्पताल (हाल जनमैत्री अस्पताल) ले एनबी बैंकलाई तिर्नुपर्ने रू. ३१ करोड ऋण र ब्याजमध्ये हालसम्म रू. ९ करोड ७५ लाख बुझाएको छ । ‘बाँकी रकम पनि अर्को सातासम्म सबै चुक्ता हुने आश्वासन अस्पताल प्रमुख रवीन्द्र राजभण्डारीले दिएका छन्,’ बैंकका अधिकारीले भने ।
सोमध्ये रू. पाँच करोड हालै विभिन्न बैंकबाट अस्पतालले ऋण लिएको थाहा भएको छ । स्रोतका अनुसार सो रकम असार अन्तिम साता हिमालय बैंक, नबिल बैंक, माछापुच्छ«े बैंक र बैंक अफ काठमाडौंले ‘ब्रिज ग्याप लोन’ का रूपमा दिएका हुन् । केही वाणिज्य बैंकहरूबीच उक्त अस्पताललाई ऋण दिने वा नदिने भन्ने विषयमा पटकपटक भएको छलफलपछि अन्तमा सो ऋण दिने कुरामा सहमति भएको थियो । थप ऋण दिन बैंकहरूबीच अझै छलफल चलिरहेको छ । हिजो आइतबार बैंकहरूको बैठकमा अस्पतालले आफ्नो योजना प्रस्तुत गरेको स्रोतले बतायो । अस्पतालका पुराना सञ्चालकहरू र एनबी बैंकबीच भएको सम्झौताअनुसार असार मसान्तभित्र अस्पतालले ऋण चुक्ता गर्न पहल गर्न नसकेको भए बैंकले नै अस्पताल लिलाम गरेर आफ्नो ऋण र ब्याज असुल गर्न सक्ने स्थिति थियो ।
वर्ष ३, अंक ४९ २०६५, साउन २७–भदौ १