arthik abhiyan
ad banner

तथ्यांकोवाच : अन्न उत्पादनमा लगानीका सम्भावना

Aug 11, 2019
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा अन्नको आयात औसतमा वार्षिक ४३ प्रतिशत बढिरहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा मात्रै नेपालले करीब रू. ५२ अर्बको प्रमुख खाद्यान्न (धान, मकै, गहुँ, कोदो, जौ र फापर) को आयात गरेको पाइन्छ । उत्पादन भने विगत १० वर्षमा करीब २ दशमलव ६७ प्रतिशतमात्रै बढेको देखिन्छ । जग्गा बाँझो राख्ने प्रवृत्ति, अव्यवस्थित शहरीकरण, जथाभावी सडक निर्माणले उत्पन्न पहिरो, नदी कटान र डुबानको समस्याले अन्नमा मुलुक दिनप्रतिदिन परनिर्भर हुँदै गएको छ ।

यस अवस्थालाई ध्यानमा राख्दै अब अन्न उत्पादनमा आधुनिक प्रविधिको प्रयोगका साथै विशेष योजना लागू गर्नु आवश्यक छ । उदाहरणका लागि चामल मिलले आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गर्ने, मैदा, पीठो मिलले गहुँ उत्पादन गर्ने, दाना उत्पादकले मकै उत्पादन गर्ने गरी नीतिगत र कानूनी व्यवस्था गर्नुपर्छ । यसो गर्दा वर्तमान अवस्थामा विभिन्न कारणले बाँझो रहेका जमीन प्रयोगमा आउने र त्यसले नेपालको अन्न आपूर्तिमा रहेको कमी हटाउन ठूलो भूमिका खेल्ने निश्चित छ ।

अन्नको प्रतिहेक्टर उत्पादकत्व र आयात गणना गर्दा थप ६ लाख हेक्टर क्षेत्रफलमा खेती गर्ने हो भने नेपाल अन्नमा आत्मनिर्भर हुने निश्चित छ । यसका लागि सरकारले व्यावसायिक कृषिलाई कर छूटको सुविधा तथा भारत, संयुक्त राज्य अमेरिका, यूरोपेली संघ र चीनका कृषकले प्राप्त गरेजस्तो सहुलियत, अनुदान, प्रोत्साहनको व्यवस्था गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्