arthik abhiyan
ad banner

हुलाकी राजमार्ग अन्तर्गतको निर्माणाधीन पुल भत्कियो, निर्माण सामग्रीको गुणस्तर जाँच गर्न स्थानीयको माग

Aug 11, 2019
प्रदेश ०२
NA
author avatar सौरभ यादव

साउन २६, राजविराज । तराई मधेशको लाइफलाइन मानिएको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सप्तरी खण्डमा निर्माणाधीन पुल भत्किएको छ । बोदे बरसाइन नगरपालिका वडा नम्बर ५ जाँजरस्थित खडक नदीमा निर्माणाधीन पुल भत्किएको हो ।

सप्तरीमा २ अर्ब रुपैयाँको लागतमा हुलाकी राजमार्गको दुईओटा योजनामा ४० किलोमीटर सडक निर्माणको कार्य भईरहेको छ । राजविराजदेखि पूर्व (कञ्चनपुरसम्म) तर्फको सडकखण्ड ब्रजगुरु कन्स्ट्रक्शन तथा राजविराजदेखि पश्चिम (बलान नदीसम्म) तर्फको सडक खण्ड रौताहा श्रेष्ठ दिवा जेभीले अढाई वर्षभित्र (२०७४ पुस १४–२०७७ असार २८) सम्पन्न गर्ने सम्झौता गरी ठेक्का पाएका छन् ।

जसअनुसार १ अर्ब २० करोड रुपैयाँमा राजविराजदेखि पश्चिमतर्फ बलान नदीसम्म राजमार्ग निर्माण गर्ने ठेक्का रौताहा श्रेष्ठ दिवा जेभीले पाएको छ भने पुल निर्माण गर्ने जिम्मा बागमती निर्माण सेवालाई दिइएको छ । सम्झौताअनुसार सो सडक खण्डमा बागमती निर्माण सेवाले १२ ओटा पुल निर्माण कार्य थालेको छ । तर, २ वर्ष बित्न लाग्दा एउटै पुलको निर्माण कार्य पूरा गर्न सकेको छैन भने निर्माणाधीन पुल समेत भत्किन थालेको छ ।

सामान्य बाढीमै पुल भत्किएपछि ठेकेदारले गुणस्तहीन सामग्रीको प्रयोग गरेर निर्माण कार्य गरिरहेको स्थानीयले आरोप लगाएका छन् । ‘नदीमा आएको सामान्य बाढीमै पुल भत्कियो, निर्माण थालिएसँगै आफूहरुले गुणस्तरीयतामा ध्यान पु¥याएर काम गर्न पटक–पटक ठेकेदार कम्पनीलाई आग्रह पनि ग¥यौं,’ स्थानीय दिनेश्वर प्रसाद खत्वेले भने, ‘न त ठेकेदार कम्पनीले गुणस्तरीयतामा ध्यान पु¥याए, न त गम्भिरतापूर्वक काम नै गरे ।’ निर्माण कार्य पूरा नहुँदै भत्किएकोले पुल निर्माणमा प्रयोग भइरहेका सामग्रीहरुको जाँच हुनुपर्ने स्थानीयको माग छ ।

स्थानीय पप्पु यादवले वर्षौंको प्रतिक्षापछि बन्न लागेको हुलाकी राजमार्गले सर्वसाधारणमा खुशी थपिएपनि निर्माण कम्पनीको रबैयाले दुःखी पारेको बताए । ‘वर्षायाममा हिलाम्य र सुख्खामा धुलाम्य हुने समस्या खेप्दै आएका सर्वसाधारणलाई पक्की सडक बनेपछि राहत हुन्थ्यो,’ उनले भने, ‘तर ठेकेदारको मनपरीले निरास पारको छ ।’

यता, पुल निर्माण कम्पनीका राजदेवकुमार यादवले भने पुल निर्माण गर्ने क्रममा नदीमा बाढी आएका कारण भत्किएको बताए । ‘पुलमा प्रयोग गरिएको निमार्ण सामग्री गुणस्तरीय छ,’ उनले भने, ‘निर्माणको क्रममा स्टेसिङ नभएर नदीमा बाढी आएकोले पुल भत्कियो ।’ हुलाकी राजमार्ग अन्तर्गत सडकको मध्य प्वाईन्टबाट दुवैतर्फ १५÷१५ मिटर गरी कुल ३० मिटर जग्गा अधिग्रहण गरी ११ मिटरमा दुई लेनको सडक निर्माण कार्य भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्