arthik abhiyan
ad banner

मुख्य बजारलाई चिरेर राजमार्ग बनाउनु हुँदैन, हेटौंडालाई राजधानीका रुपमा टिकाउन बल गरिरहेको छु : मुख्यमन्त्री

Aug 11, 2019
प्रदेश ०३
Image Not Found

साउन २६, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६/१६ मिटर मात्र भत्काएर सडक विस्तार गरिनुपर्ने बताएका छन् । वैकल्पिक मार्गको बोलपत्र आह्वान भइसकेकाले मुख्य बजारलाई चिरेर राजमार्ग बनाउन नहुने उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभामा मुख्यमन्त्री पौडेलले प्रदेश–३ को राजधानी हेटौंडा नै उपयुक्त हुने बताए । उनले भने, ‘हेटौंडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु ।’ प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको उनको भनाइ छ । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताए । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्