arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्राजिलमा ८० करोड डलर लगानी गर्दै हुवावेई 

Aug 12, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

साओ पाओलो (ब्राजिल) । चिनियाँ प्रविधि कम्पनी हुवावेईले ब्राजिलमा आफ्नो कारखाना निर्माणका लागि ८० करोड डलर लगानी गर्ने भएको छ । कम्पनीले आगामी ३ वर्षमा उक्त रकम लगानी गर्न लागेको हो । अमेरिकाले हुवावेईसँग व्यापार बन्द गर्ने घोषणा गरेसँगै हुवावेईले दक्षिण अमेरिकी मुलुकमा लगानीको योजना अघि सारेको हो । 

चीन भ्रमणका क्रममा साओ पाओलोका गभर्नर जोएओ डोरियाले अहिले हुवावेईले सन् २०२० को मार्चसम्ममा ब्राजिलमा ५जी सेवा ल्याउन आफ्नो तयारी तीव्र पारेको बताए । अहिले हुवावेईले लगानी गर्न लागेको नयाँ कारखानाबाट स्मार्टफोन निर्माण हुने बताइएको छ । घरेलु बजारमा देखिएको स्मार्टफोनको वृद्धिमा आधारित रहेर निकट भविष्यमा साओ पाओलोमा नयाँ प्लान्ट निर्माण गर्न लागिएको कम्पनीले बताएको छ । ब्राजिलको उक्त कारखानामा निर्माण गरिने स्मार्टफोन स्थानीय र बाह्य बजारमा विक्री हुने साओ पाओलोको सरकारले बताएको छ । ब्राजिलमा हुवावेईले विगत २१ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । साओ पाओलोमा अहिले रहेको एक कारखानाबाट दूरसञ्चार उपकरण निर्माण हुँदै आएको छ । यो कारखानामा २ हजार कर्मचारी छन् । नयाँ कारखानामा पनि थप १ हजारले रोजगारी पाउने अनुमान छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्