arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आर्थिक वृद्धिदर बढाउन भारतको नयाँ योजना

Aug 12, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

नयाँ दिल्ली (भारत) । भारतले व्यापारिक अवरोध हटाउँदै आर्थिक वृद्धिदर बढाउने नयाँ योजना ल्याउने भएको छ । भारतको नयाँ योजनासँग निकट रहेका एक अधिकारीले भारत सरकार विद्यमान व्यापारिक अवरोध हटाउँदै उत्पादनशील क्षेत्रलाई सहज रूपमा कोष उपलब्ध गराउने योजनामा अघि बढिरहेको बताए । उनका अनुसार अहिले अघि सारिएको योजनामा वस्तु तथा सेवा कर (जीएसटी) घटाउने विषय भने उल्लेख छैन । 

भारतको जीएसटी अहिले नै यसअघिको भन्दा कम रहेकाले त्यसलाई घटाउन जरुरी नरहेको अधिकारीहरूले बताएका छन् । भारतको अर्थमन्त्रालयले अहिले बजारको समस्या समाधानबारे आएको सुझावको आधारमा नयाँ योजना तयार पारेको हो । 

अर्थमन्त्रालयले भारतको विभिन्न क्षेत्रका प्रतिनिधिसँगको बैठकको आधारमा यस किसिमको योजना तयार पारिएको बताएको छ । आर्थिक गतिविधि बढाउन अहिले बजारमा रहेका आर्थिक अवरोध पार लगाउने दिशामा भारत अघि बढिरहेको अधिकारीहरूको भनाइ छ । 

चालू आर्थिक वर्षका लागि भारतले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । पहिलो त्रैमासको तथ्यांक पनि त्यसै हाराहारीमा छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्