arthik abhiyan
ad banner

८ किमी सडक कालोपत्र

Aug 12, 2019
प्रदेश समाचार प्रदेश ०७
NA

कञ्चनपुर (अस) । भीमदत्त नगरपालिकाले गत आव २०७५/७६ मा ८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरपालिकाले सो अवधिमा १० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । नगरपालिकाले गत आवमा सडक तथा पुल निर्माणमा रू. १० अर्ब १२ लाख ६० हजार बजेट खर्च गरेको छ । 

योजनाको ढिलो ठेक्का सम्झौता र निर्माण पक्षले ढिलासुस्ती गर्दा कालोपत्रको लक्ष्य पूरा नभएको नगरपालिकाले जानकारी दिएको छ । ‘नगरपालिका योजनामा केहीमा योजना सम्झौता नै ढिलो भयो, केहीमा निर्माण व्यवसायीको कमजोरी पनि रहेको छ,’ नगरका इन्जिनीयर हिमालय सिंह ऐरले भने ।

नगरपालिकाका १९ ओटै वडामा उक्त सडक कालोपत्र गरिएको ऐरले बताए । उनका अनुसार नगरपालिकाले गत आवमा ३४ किमी ग्राभेल र ११ किमी नयाँ सडकको ट्र्याक खोलेको छ । गत आवमा सञ्चालन गरिएको नगरपालिका २१ ओाटा योजनाको निर्माण कार्य पूरा भएको छैन, जसमा अधिकांश सडकका योजना रहेको ऐरको भनाइ छ । नगरपालिकाले लामो समयपछि गत आवमा कालोपत्र गर्न लागेको एयरपोर्ट रोड समेत कालोपत्र हुन सकेको छैन । नगरपालिकाले बनाउन लागेको सामुदायिक भवन, नगरपालिका गेट, साइकल पार्किङ लगायतका योजना पूरा भएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्