arthik abhiyan
ad banner

‘कपास उद्योग संकटमा’    

Aug 12, 2019 
विविध
NA

भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग संकटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आइतवार आयोजना गरिएको नेपाल कपास व्यवसायी संघको प्रथम साधारणसभामा उद्योगीले यस्तो बताएका हुन् ।   
  
तीन तहका सरकारले कर लगाउने र दर्ताविना नै घुम्ती सेवा दिने उद्योग मनपरी रूपमा सञ्चालन हुँदा दर्ता भएर सञ्चालनमा रहेका उद्योग संकटमा परेको संघकी केन्द्रीय अध्यक्ष चन्दना कोइरालाले बताइन् । ‘ट्र्याक्टरमा कपास पेल्नेले विना दर्ता र अनुमतिसमेत नलिई गाउँगाउँमा पुगेर व्यवसाय सञ्चालन गर्दा सरकारलाई समेत राजस्व ठगी भइरहेको छ । उद्योग नै सञ्चालन गरेका व्यवसायीलाई अर्को मार परेको छ,’ उनले भनिन् । रासस

प्रतिक्रिया दिनुहोस्