arthik abhiyan
ad banner

बीउ एटीएम सञ्चालनमा

Aug 12, 2019 
विविध
NA

ललितपुर । ललितपुरमा बीउ (सीड) एटीएम सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतवार उक्त एटीएमको उद्घाटन गरेका हुन् । ललितपुर महानगरपालिका अनुसार सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्न सहज हुनेछ । मेशिनमा रहेको प्रेश बटन दबाई इच्छाएको बीउको किसिमलाई बालीको फोटोमा छनोट गरेर त्यसमा देखिएको मूल्यबराबर नयाँ नोट रू. २०, ५० र १ सय छिराउनुपर्ने हुन्छ । ललितपुरमा यस प्रविधिको व्यवस्था भएसँगै गुणस्तरीय बीउबिजनको माग, मूल्यमा देखिएको असन्तुलन र करेसाबारी खेतीमा जोड, सघन खेतीका साथै वातावरणमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । महानगरले सो प्रविधिको फाइदा र बेफाइदाका विषयमा १ महीना अध्ययन गरी त्यसमा कुनै खराबी नपाए २९ ओटै वडामा सेवा विस्तार गर्ने योजना अघि सारेको छ । रासस

प्रतिक्रिया दिनुहोस्