arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एलजीको स्मार्टफोनमा तीन स्क्रिन

Aug 12, 2019  
प्रविधि
Image Not Found

स्मार्टफोन निर्माता कम्पनी एलजीले नयाँ स्मार्टफोन डिभाइस ल्याएको छ, जसमा तीनओटा स्क्रिन हुनेछ । आईएफए २०१९ को पत्रकार सम्मेलनका लागि सार्वजनिक गरिएको टिजरमा यसको एक झल्को दिइएको हो । २० सेकेन्डको टिजरमा एक एनिमेटेड सिंगल स्क्रिनमा भिडियो गेम चलिरहेको छ र यसमा सानो गेम कन्ट्रोलर र क्यामेरा आइकन बनेको देखिन्छ ।

यसपछि किताबजस्तै दोस्रो स्क्रिन पनि खुल्छ । त्यसपछि डिभाइस बन्द हुन्छ र तेस्रो सानो स्क्रिन डिभाइसको माथिल्लो भागमा देखिन्छ । यसलाई एलजीले मोबाइल वल्र्ड कंग्रेसमा प्रदर्शन गरेको थियो । टिजरको भिडियोका साथै यस विषयसँग जोडिएका केही जानकारी पनि सार्वजनिक भएका छन् । तर नयाँ डिभाइसको विषयमा स्पष्ट रूपमा यो नै हो भनेर भन्न सकिने अवस्था भने छैन । बजारमा अहिले रहेका अन्य डिभाइसका लागि कम्पनीले नयाँ एसेसोरी ल्याउन सक्ने बताइएको छ ।

यो डिभाइस पट्याउन मिल्ने किसिमको हुने सम्भावना भने निकै कम छ । एलजीले आफ्नो ओएलईडी टीभीबाहेक अन्य उत्पादन सार्वजनिक गर्ने कार्यक्रम छैन । यस्तोमा यो डिभाइस पट्याउन मिल्ने स्मार्टफोनको रूपमा नआउने निश्चित देखिएको छ ।

फोल्डिङ स्क्रिनको सट्टा यो डिभाइसमा दुई फरक स्क्रिन हुन सक्ने बताइएको छ । यस्तोमा डिभाइसको स्क्रिन सामसुङ ग्यालेक्सी फोल्ड वा हुवावेई मेट एक्सजस्तो बीचबाट पट्याउन भने सकिँदैन । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्