ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आईफोनको फेस आईडी असुरक्षित

Aug 12, 2019  
प्रविधि
Image Not Found

एप्पल आफ्ना आईफोन प्रयोगकर्ताको गोपनीयताप्रति सधैं सचेत रहने कम्पनी मानिन्छ । तर पछिल्लो समय उसका लागि ठूलो सुरक्षा चुनौती देखिएको छ । एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ ।

ग्लास र टेपको सहयोगमा फेसआईडी खोल्न सकिने टेन्सेन्ट रिसर्चको एक टोलीले बताएको छ । टोलीले ‘ब्ल्याक ह्याट सेक्युरेटी कन्फ्रेन्स’मा यो समस्याबारे जानकारी दिएको हो । अहिले सार्वजनिक भएको यस किसिमको कमजोरी आईफोनले अनलकको क्रममा कसरी डेटा कसरी क्याप्चर गर्छ भन्ने विषयसँग सम्बन्धित थियो । एक अनलाइन वेबसाइटका अनुसार प्रयोगकर्ताले फेस अनलक गर्ने बेला चश्मा लगाएको छ भने यसले आँखा र त्यसको नजीकको थ्रीडीको जानकारी लिँदैन । यो कमजोरीको सहयोगमा डिभाइस अनलक गर्न अनुसन्धाताले ‘लाइभनेस’ नामक यो फिचर्सलाई बाइपास गरेका हुन् । यो फिचर आईफोनको अगाडिको मान्छेको मुहार सक्कली हो कि नक्कली भन्ने कुरा थाहा पाउन सहज हुनेछ । 

चश्मा र कालो टेपले गर्छ सहयोग 
लाइभनेर फिचर्सले ब्याकग्राउन्ड नोइज, रेस्पोन्स डिस्टार्शन र फोकस ब्लर पनि पहिचान गर्न सक्छ । यसले प्रयोगकर्ताको आँखाको पनि स्क्यान गर्छ । तर यदि चश्मा लगाएको छ भने यसको आँखा स्क्यान गर्ने प्रक्रिया फेरिन्छ । यस्तोमा यसै किसिमको कमजोरीलाई आधार बनाउँदै कालो टेपको सहयोगमा एप्पलको फेस आईडी प्रविधिलाई झुक्याउन सकिन्छ । चश्माको भित्री भागमा कालो टेप टाँसेर सम्बन्धित व्यक्तिलाई लगाइदिएपछि आईफोन अनलक गर्न सकिन्छ ।

झट्ट सुन्दा यो प्रक्रिया आश्चर्यपूर्ण लाग्छ । तर यदि प्रयोगकर्ता बेहोश भयो वा उसले थाहा नपाउने अवस्थामा यस किसिमको चश्माको प्रयोग गरी आईफोन अनलक गर्न सकिन्छ । त्यस्तो बेला यो निकै हानिकारक हुन सक्छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्