arthik abhiyan
ad banner

शिवम् पेट्रोल पम्पमा सिलबन्दी, ५९५ कम्पनीलाई कारबाही  

Aug 12, 2019
प्रदेश ०२
Image Not Found

साउन २७, वीरगञ्ज । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गर्दै आएको हेटौंडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । 

लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल विक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो । सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय प्रमुख शशीभूषण यादवले बताए ।

यसैगरी हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले सो उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको छ । पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा सफटवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक सो ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवले बताए । 

उक्त कार्यालयले आव २०७५/ ७६ मा अनियमितता गर्ने ५९५ कम्पनीलाई कारबाही गरी रू.८६ लाख ७१ हजार तीन जरिवाना असुल गरेको छ । सो अवधिमा ८९१ पम्पमा जाँच गरिएको थियो भने १ हजार ३७९ व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्रको जाँच गराएका थिए ।

सो कार्यालयले आव २०७५/ ७६ मा बारा जिल्लाका छ पेट्रोल पम्पमाथि मुद्दा दायर गरी सजाय र जरिवाना गर्नाका साथै छ पम्पमाथि मुद्दा दायर गरेको थियो । यसैगरी चार कम्पनीमाथि मुद्दा चलाउने प्रक्रिया शुरु गरिएको सो कार्यालयले बताएको छ । रासस
 

प्रतिक्रिया दिनुहोस्