arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रवेश परीक्षामा नाम निकाल्न १० हजार घुस लिँदै गर्दा एक शिक्षक पक्राउ

Aug 12, 2019  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

साउन २७, दाङ । अख्तियारको टोलीले दाङमा एक शिक्षकलाई १० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । घोराहीको रझेना माध्यमिक विद्यालयका शिक्षक गणेश केसीलाई सोमवार अख्तियार अनुसन्धान आयोग नेपालगञ्जबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।

सो विद्यालयमा सञ्चालन भइरहेको सिभिल इञ्जिनियरिङको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीहरुबाट घुस लिएको बताइएको छ । केसी सोही विद्यालयमा राहत कोटाका शिक्षक हुन् । केसीमाथि थप अनुसन्धानको तयारी भइरहेको आयोगको टोलीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्