arthik abhiyan
ad banner

पश्मिना व्यवसायीद्वारा आफ्नै लागि कडा आचारसंहिता तयार

Aug 13, 2019
१० वर्ष अघि
NA

पश्मिना उद्योगको अवस्था सुधार गर्ने अभियानमा जुटेका  पश्मिना व्यवसायीहरूले गुणस्तर खस्किन नदिने प्रयासस्वरूप आफ्नै लागि आचार संहिता बनाउने भएका छन् । आचार संहिताको प्रारम्भिक ड्राफ्ट भइसकेको र केही दिनभित्रैमा त्यसलाई अन्तिम रूप दिइने जानकारी पश्मिना उद्योग संघका अध्यक्ष शंकरप्रसाद पाण्डेले बताए । 

उनका अनुसार आचार संहितामा पश्मिनाजन्य वस्तुहरू निर्यात गर्दा त्यसमा कम्तीमा  कम्तीमा ५५ प्रतिशत पश्मिना हुनैपर्ने, धागो शतप्रतिशत पश्मिनाकै हुनुपर्ने, ‘नेचुरल फाइबर’ अर्थात् कटन वा सिल्क हुनैपर्ने (मानिसले बनाएको र पोलिस्टरको हुन नहुने) एजो डाइ प्रयोग हुन नहुने, बालश्रमिकबाट उत्पादित भएको हुन नहुने र वातावरणीय प्रदूषण नपारेको प्रमाणित हुनुपर्ने जस्ता विषय समेटिने भएको छ । ‘अहिले ड्राफ्ट मात्रै भएको छ । व्यवसायी र सरकारसँग थप अन्तक्र्रिया गरेर त्यसलाई अन्तिम रूप दिइनेछ’ पाण्डेयले अभियानसँग भने । उनका अनुसार आचारसंहिता अनुसार काम गर्ने उद्योगहरूले मात्रै ‘नेपाल पश्मिना’ को लागो प्रयोग गर्न पाउनेछन् । 

आचारसंहिता लागू भएपछि त्योअनुसार काम नगर्ने व्यवसायीहरूको अनुगमन र उनीहरूमाथि कारबाही गर्नका लागि संघ आफैले पहल गर्नेछ भने एउटा संयन्त्र बनाउनका लागि सरकारलाई पनि अनुरोध गरिनेछ ।  

वर्ष ३, अंक ४९ २०६५, साउन २७–भदौ १

प्रतिक्रिया दिनुहोस्