arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदर्शनका कारण हङकङका सबै अन्तरराष्ट्रिय उडान रद्द

Aug 13, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

हङकङ । सोमवार हङकङमा जारी प्रदर्शनका कारण सबै अन्तरराष्ट्रिय उडान रद्द गरिएको छ । चीनले हङकङमा जारी रहेको प्रदर्शनलाई आतंकवादको संज्ञा दिँदै चरमपन्थी बढिरहेको टिप्पणी गरेसँगै सोमवार आन्दोलन बढेको हो । सोमवार प्रदर्शनकारीले विमानस्थलको आवागमन कक्षअघि प्रदर्शन गर्दै सबै उडान रद्द गराएका थिए । साथै, उनीहरूले पर्यटकलाई पनि हङकङ छाड्न सुझाव दिएका थिए । चीनले हङकङमा सैन्य शक्तिको प्रयोग गर्दै आन्दोलन दबाउने प्रयास गरेसँगै यहाँको आन्दोलनले उग्ररूप लिएको हो । हङकङमा यसअघि प्रस्ताव गरिएको सुपुर्दगी विधयेकविरुद्ध शुरू भएको आन्दोलन अझै पनि साम्य भएको छैन । व्यापक विरोध भएसँगै हङकङले उक्त विधेयक स्थगित गरेको थियो । तर, आन्दोलनकारीले उक्त विधेयक फिर्ता लिनुपर्ने अडान राख्दै आएका छन् । लामो समयदेखि जारी रहेको यो आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ । 

हङकङको अन्तरराष्ट्रिय विमानस्थलका अधिकारीहरूले सोमवार स्थानीय समयअनुसार साढे ३ बजेदेखि सबै उडान पूर्णरूपमा बन्द गरिएको बताएका छन् । उनीहरूले यसबाट हजारौं यात्रु प्रभावित भएको उल्लेख गरेका छन् । उक्त विमानस्थलको उडान मंगलवार बिहान ६ बजेदेखि पुनः सञ्चालनमा आउने बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्