arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानलाई सौविध्यप्राप्त मुलुकबाट हटाउँदै दक्षिण कोरिया

Aug 13, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले जापानलाई व्यापारिक सौविध्यप्राप्त मुलुकको सूचीबाट हटाइने बताएको छ । जापानले अगस्टको शुरूमा दक्षिण कोरियालाई यो सूचीबाट हटाएसँगै त्यसको बदलास्वरूप दक्षिण कोरियाले यस्तो निर्णय अघि सारेको हो । 

दक्षिण कोरियाका उद्योगमन्त्री सुङ युन–मोले जापानलाई व्यापारिक कडाइ गरिएको मुलुकको सूचीमा राखिने बताएका छन् । गतवर्ष दक्षिण कोरियाको अदालतले जापानी कम्पनीलाई दोस्रो विश्वयुद्धमा जबर्जस्ती काममा लगाइएका दक्षिण कोरियाली श्रमिकका लागि क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो । जापानले यो मुद्दा सन् १९६५ मा नै सुल्झाइएको बताउँदै आएको छ । 

सन् १९१० देखि सन् १९४५ सम्म कोरिया जापानको उपनिवेशमा थियो । विवाद बढेसँगै जापानले गत जुलाईमा दक्षिण कोरिया निर्यात हुने उच्च प्रविधिका सामग्रीमा रोक लगाउने निर्णय गरेको थियो । यसले दुई मुलुकको मात्र नभई समग्र विश्वको विद्युतीय क्षेत्रमा समस्या उत्पन्न गर्न सक्ने देखिएको छ । 

पछिल्लो समय अस्थिर बनेको दक्षिण कोरियाको अर्थतन्त्र जापानसँगको व्यापार युद्धले अझै प्रभावित हुन सक्ने विश्लेषकहरूले बताउँदै आएका छन् । दक्षिण कोरियाको व्यापार मन्त्रालयका वरिष्ठ अधिकारी पार्क ताई–सुङले जापानले अस्वस्थ्य व्यापारिक अभ्यास गरेको बताएका छन् । तर, यस विषयमा उनले विस्तृत जानकारी भने दिएका छैनन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्