arthik abhiyan
ad banner

मुक्तिनाथका ग्राहकलाई सञ्जीवनी र विराट आँखा हस्पिटलमा छ्र्रूट 

Aug 13, 2019
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले सोमवार विराटनगरस्थित सञ्जीवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालिसँग छूट सम्झौता गरेको छ । सम्झौतामा सञ्जीवनी हस्पिटलका प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर वज्राचार्यले हस्ताक्षर गरेका थिए । 

साथै, विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसँग पनि छूट सम्झौता गरेको छ । उक्त हस्पिटलसँगको सम्झौतामा विराट आँखा हस्पिटलका प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकासका नायब प्रमुख कार्यकारी अधिकृत वज्राचार्यले हस्ताक्षर गरे । सम्झौतापश्चात् मुक्तिनाथ विकासका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले उक्त दुवै हस्पिटलमा उपचार गराउँदा तोकिएका सेवामा १५ प्रतिशतसम्म छूट पाउनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस्